बर्दगोरियामा पालिका स्तरीय आई.पि.भी. खोप अभियान सम्वन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा आई.पि.भि खोप अभियान २०८१ सम्वन्धि पालिका स्तरीय सरोकारवालाहरु सँग १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिहिवार गाउँपालिकाको सभाहलमा बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्थानीय जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुखहरु, संचारकर्मी र सरोकारवाला विच अभिमुखिकरण गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय बर्दगोरियाका प्रमुख मीन धामीले कार्यक्रमको उद्येश्य माथि प्रष्ट पार्दै उक्त खोपलाई कसरी सफल पार्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

आई.पि.भी. खोप आपुर्ति नभएको अविधमा यो खोप लगाउन छुट भएका बालवालिकाहरुलाई एक मात्रा आई.पि.भी.खोप दिएर ती बालवालिकामा पोलियो रोगको विरुद्ध प्रतिरोध क्षमता कायम गर्नु आई.पि.भी.खोप अभियानको लक्ष रहेको छ ।

खोप अभियान जेष्ठ १३ गते देखी २३ गते सम्म संचालन गरिने भएको हो ।खोप पालिका भरका ३ हजार ५ सय ८९ जनालाई दिइने भएको बर्दगोरिया स्वास्थ्य शाखा प्रमुख मीन धामीले जानकारी दिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार