
बर्दगोरियामा दुई समुह बिच झडप, तिन जना घाइते
बर्दगोरिया । कैलालीको बर्दगोरियामा गाउँपालिका वडा नम्बर -५ मा गए राती दुई समुह बिच झडप भएको छ । वडा नम्बर -५ को कोईलीभुरूवामा गएराती करिब १० बजेको समयमा २ समुह बीच एकआपसमा विवाद भई कुटपिट हुँदा ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । घाइते हुनेहरुमा बर्दगोरिया -५ कोइलीभुरुवाका २२ वर्षीय पारस कठरिया सोही ठाउँका २३ वर्षीय उपेन्द्र डगौरा र बर्दगोरिया -६ का १८ वर्षीय देबु कठरिया रहेको जनाइएको छ । घाइते मध्ये टाउकोमा गम्भीर चोट लागेका पारस कठरिया र उपेन्द्र डगौराको धनगढी स्थित माया मेट्रो हस्पिटल प्रा लि उपचार भइरहेको छ । यस्तै बर्दगोरिया -६ का…