बर्दगोरिया-१ मा नि:शुल्क हिउँदे मकैको बिउ वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का कृषक समुहलाई निशुल्क हिउँदे (बसन्ते) मकैको बिउ वितरण गरिएको छ ।

पालिकाको कृषि विकास शाखाको समन्वयमा वडा नम्बर १ को कार्यालयले आइतबार निशुल्क रूपमा हिउँदे (बसन्ते) मकैको बिउँ वितरण गरेको हो । वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम र कृषि शाखा प्रमुख झङ्कर रावतले कृषक समुहलाई बिउँ वितरण गरेका थिए । कार्यक्रममा वडा नम्बर १ कि वडा सदस्य सरस्वती विक,वडा सचिब अशोक भण्डारी लगाएतको उपस्थिति रहेको थियो ।

खाद्यान्न बाली मध्ये दोस्रो बालीको रुपमा रहेको मकै खेतीतर्फ कृषकहरुलाई आकर्षित गर्न र बढी भन्दा बढी मकै उत्पादन गरी कृषकहरुको आर्थिक आयस्तर बृद्धि गराउन मकैको बिउ वितरण गरिएको पालिकाको कृषि विकास शाखाले जनाएको छ ।

बर्खेभन्दा बसन्ते मकैको बढी उत्पादन हुने र खाली जग्गाको सदुपयोग पनि हुने भएकोले किसानको आकर्षण बसन्ते मकै खेती तर्फ बढेको जनाइएको छ । बसन्ते मकै लगाउँदा हुने फाइदाबारे कृषकले बुझ्दै गएपछि यसको खेतीतर्फ आकर्षण बढ्न गएको शाखाले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार