घोडाघोडीमा कुकुर बन्ध्याकरण सम्बन्धी ३ दिने शिविर शुरु

सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा नि:शुल्क कुकुरहरूलाई बन्ध्याकरण सम्बन्धी ३ दिने शिविर सञ्चालन गरिएको छ ।

नगरपालिका वडा नम्बर २ स्थित साडेपानिमा  रेबिज रोग नियन्त्रणका लागी छाडा तथा सामुदायिक (भाले,पोथी) कुकुरहरूलाई बन्ध्याकरण सम्बन्धी ३ दिने शिविर सञ्चालन गरिएको हो ।

घोडाघोडी नगरपालिका पशु सेवा शाखाको आयोजना उक्त ३ दिने (भाले,पोथी) कुकुरहरूलाई बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।

नगरपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सामुदायिक कुकुर बन्ध्याकरण गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको पशु सेवा शाखाका पशु स्वास्थ्य प्राविधिक मनोज बहादुर आचार्यले जानकारी दिए । नेपाल सरकारको पशु ऐन अनुसार कुनै पनि पशुलाई मार्न नपाइने भएकाले समुदायमा भएका छाडा कुकुरहरूलाई नियन्त्रण तथा रेबिज रोग फैलिन नदिन शिविर सञ्चालन गरिएको उनले बताए ।

उहाँका अनुसार स्थायी बन्ध्याकरण गर्दा (भाले,पोथी) कुकुरहरूलाई बन्ध्याकरण गरिने बताए । आइतबार बाट सुरुको शिविर फागुन १ गते सम्म सञ्चालन हुने बताइएको छ । शिविर अवधिभर सामुदायिक सँगै घर पालुवा तथा छाडा कुकुरहरूको बन्ध्याकरण शिविरमा उपस्थित भई आफ्ना कुकुरको बन्ध्याकरण गर्न पशु सेवा शाखाका पशु स्वास्थ्य प्राविधिक मनोज बहादुर आचार्यले आग्रह गरे  ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार