बर्दगोरिया गाउँपालिकाको १३ औं हिउँदे गाउँ सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको १३औ गाउँ सभा तथा हिउँदे अधिवेशनको सोमबार सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको अध्यक्षतामा भएको सभामा चालू आर्थिक वर्ष २०८०/०८१ को निति ,कार्यक्रम तथा बजेटअनुसार पौष मसान्तसम्म भए गरेका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल, बजेट रकमान्तर, बजेट विवरण हेरफेर लगायतका बारेमा छलफल भएको छ ।गाउँ सभामा गाउँपालिकाले प्रवाह गरेको सेवाको अवस्था, गुणस्तर र चुनौतीहरूको बारेमा प्रमुख प्रशासकिय अधिकृत प्रकाश ढुंगानाले प्रकाश पार्नु भएको थियो ।

सभामा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले पालिकाको १२ औ गाउँ सभाबाट बिनियोजित भएका योजना तथा कार्यक्रमहरु मध्ये ४० प्रतिशत योजना तथा कार्यक्रमहरुको कार्य सम्पन्न भईसकेको र बाकी ६० प्रतिशत कार्यान्वयनको चरणमा रहेको बारे जानकारी गराउनुभएको थियो ।उहाँले १२औ गाउँसभाबाट विनियोजित भएका मध्ये सम्पन्न गर्न नसकिने तथा संसोधन गर्नुपर्ने चालू तर्फको योजनालाई चालू तर्फकै शिर्षकमा रकमान्तर र पुजितर्फका योजनाहरु समेत रकमान्तर  गरि खर्च गर्न सकिने व्यवस्था अनुसार कार्यसमपन्न गर्ने योजना तथा निर्णयसहितको प्रस्ताव पेश गर्नुभएको थियो ।

पालिकाको कूल २२ करोड ५१ लाख २५ हजार ४६० रुपैयाँ आय र व्ययतर्फ १७ करोड ३० लाख ८० हजार ९३९ हजार र ५ करोड २० लाख ४४ हजार ५२० रुपैयाँ नगद मौज्दात देखाइएको छ । यसैगरी सोही  अवधिमा पुँजीगततर्फ खर्च रु ४ करोड ११ लाख ७४ हजार ७९४ र चालूतर्फ खर्च १३ करोड १९ लाख ६ हजार १४५ रुपैयाँ खर्च भएको प्रस्ताव समेत पारित गरिएको छ ।

त्यस्तै, गाउँ अधिवेशनमा चालूतर्फ १ करोड ४६ लाख र पुँजीगततर्फ रु १ करोड ५० लाख बजेट रकमान्तर गर्नुपर्ने प्रस्ताव पेश गरिएको छ । गाउँसभामा प्रस्तुत गरिएका सबै प्रस्तावहरू स्वीकृत भएका छ्न ।

सभामा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिदै  गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले बर्दगोरिया गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि स्थानीय सरकार प्रतिबद्ध भएर लागि परेको बताउदै यसमा साथ दिन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले बर्दगोरियाबासीलाई विकासको मार्गमा अगाडि बढाउन स्थानीय सरकारले सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म निशुल्क शिक्षा लागू, सुबिधायुक्त १५ शैया अस्पताल संचालन, तथा स्वास्थ्य बीमा लागू, उज्यालो पालिका अभियान, बर्दगोरिया कलेज, ६ वटै वडामा सडक पानी पिचको अभियान जस्ता महत्त्वपूर्ण काम गरिरहेको बताउदै अब खानेपानी, कृषि ,पर्यटन, खेलकुद जस्ता कामहरू अगाडि बढाउने बताउनुभयो ।

गाउँ सभामा ६ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विषयगत शाखा प्रमुख लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख अधिकृत गोविन्द राज रेग्मीले गर्नुभएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार