नमुना ग्रामीण विद्युत स.संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको नमुना ग्रामीण विद्युत सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष भिम बहादुर जपालिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शाहिले वडा नम्बर ४ को बिकास र समृद्धिका लागी आफू दिनरात नभनी निरन्तर लागी रहेको बताए । कसैको गुनासो या सुझाव भए आफुलाई आएर भन्न आग्रह गर्दै सामाजिक संजालको दुरुपयोग नगर्न र वडा नम्बर ४ लाई सामाजिक संजालमा बदनाम नग्रन समग्र वडा बासी युवाहरुमा अपिल गरेका छन । साथै वडा अध्यक्ष शाहिले आफुले कसैलाई काखा, पाखा नगरी काम गरि रहेको बताउँदै आगामी दिनमा समेत थप नमुना ग्रामीण विद्युत सहकारी संस्थालाई गर्नु पर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सहकारी संस्थाले आर्थिक बर्ष २०७९/०८० को ४२ लाख,५९ हजार,५ सय २१ रुपैयाँ बराबरको आय व्यय संस्थाका प्रबन्धक डिल बहादुर साउदले प्रस्तुत गरेक  थिए ।

सहकारी संस्थाका उपाध्यक्ष देविराम डंगौराले स्वागत गरेको कार्यक्रममा पुर्ब अध्यक्ष महाबिर साउद, कालिका माध्यामिक विद्यालय ब्यवस्थापन समिती अध्यक्ष टेक बहादुर मिजार, प्रध्यानाध्यापक उदय सिंह बि सि, सिर्जनशिल ग्रामीण विद्युत सहकारीका अध्यक्ष देवानन्द जैशिले संस्थाले राम्रो काम गरेको र आगामी दिनमा अझ राम्रो काम गर्दै संस्थालाई चलायमान बनाउन तर्फ अगाडी बढ्न शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा पुर्ब अध्यक्ष महाबिर साउदलाई दोसल्ला र खादा लगाएर सम्मान गरिएको थियो । साथै स्थापनाकाल देखि आज सम्म संस्थालाई चलायमान बनाएको भन्दै पुर्ब पदाधिकारीहरुलाई खादा लगाएर सम्मान गरिएको थियो । संस्थाले शेयर सदस्य लाभांश कोषको स्थापना गरि सम्पुर्ण सेयर सदस्य तथा उपभोक्ताहरुलाई एक एक थान सिएफएल बल्ब बितरण समेत गरेको छ । कार्यक्रमको संचालन सचिव वीर बहादुर साउदले गरेका थिए।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार