पूर्व प्रधानमन्त्री ओलीले गरे बर्दगोरिया गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन

कैलाली । कैलाली बर्दगोरिया गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको आइतबार समद्घाटन गरिएको छ ।

भवनक आइतबार पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन ।

भवन उद्घाटनका क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले भवन उद्घाटन हुँदा पालिका बाट हुने सम्पूर्ण सेवालाई थप सहज हुने बताए । उनले भने अहिले को यो आधुनिक तथा प्राविधिक समयमा प्रविधिमैत्री वातावरणमा आम स्थानीय जनतालाई सेवा प्रभाव गर्न अनुरोध गर्दै विकास निर्माण कार्यलाई निरन्तरता दिन अनुरोध गरे । साथै भौतिक विकासका साथै कृषिकार्यलाई पहिलो प्राथमिकता साथ अगाडि बढाउन अनुरोध गरे ।

आर्थिक वर्ष २०७६/०७७ सालबाट निर्माण सुरु गरिएको प्रशासनिक भवन ५ वर्ष पछि सम्पन्न भएको हो ।

६ करोड १७ लाख लागतको ५० कोठे भवन १५ महिनामा सम्पन्न गर्ने गरी श्यामसुन्दर निर्माण सेवाले २०७६ को साउनमा ठेक्का सम्झौता गरेको थियो ।

स्थानीय तह स्थापनादेखि भाडाको घरमा कार्यालय सञ्चालन गरेको गाउँपालिकाले यतिबेला भने आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार