मुख्य समाचार

कैलालीमा भुमि समस्या सम्बन्धी जनसभा कार्यक्रम

कैलालीमा भुमि समस्या सम्बन्धी जनसभा कार्यक्रम

मसुरिया । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कैलालीको आयोजनामा गौरीगंगा नगरपालिकामा भुमि समस्या सम्बन्धी जनसभा कार्यक्रम सम्पन्न भएको छ । पार्टीका कैलाली सचिब दल बहादुर ओखेडाले संचालन गरेको जनसभालाई वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा सुदुरपश्चिम संयोजक श्याम कुंवर ( सर्वजित) पार्टीका केन्द्रिय सचिवालय सदस्य तथा उत्पादन बिभाग प्रमुख मदन प्रभात, राष्ट्रीय भुमि अधिकार मञ्च गौरीगंगा नगर संयोजक नारायण तथा सुकुम्वासी समस्या बिरुद्धका अभियान्ता नन्दलाल बि.क लगायतले सम्बोधन गरेका थिए । सुकुम्वासी समस्याको दिर्घकालिन समाधान बारे धारणाहरु राख्दै वक्ताहरुले १५ बर्ष सम्म भुमिहिन सुकुम्बासीहरुलाई आश्वासन दिएर संसदवादी राजनीतिक दलहरुले भोट बैकंको रुपमा उपयोग गरेर बनायर धोका दिएको आक्रोश…
पुरा पढ्नुहाेस्
बैतडीमा जिप दुर्घटना, थप विवरण आउन बाँकी

बैतडीमा जिप दुर्घटना, थप विवरण आउन बाँकी

बैतडी । बझाङको बुंगलबाट खोड्पेतर्फ आउँदै गरेको जिप बैतडीमा दुर्घटना भएको छ। से१ज १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सुर्नया ६ मोतिनगर नजिकै दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी घट्ना स्थल तर्फ गएको छ। घट्नाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।
पुरा पढ्नुहाेस्
हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाकोे मृत्यु

हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाकोे मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर १ हात्तीथला बस्ने ६९ वर्षीया हिरादेवी धानुक रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार घाँस दाउरा ल्याउन घर नजिकैको बैजनाथ मध्यवर्ती सामुदायिक वनमा गएका बेला मंगलबार हात्तीको आक्रमणमा परी धानुकको घटनास्थलमै मृत्यु भएको हो । अबेर साँझसम्म पनि जङ्गलबाट घर नफर्किएपछि खोजी गर्दै जाँदा सामुदायिक वनकै कार्यालय नजिक धानुकको शव फेला परेको थियो ।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले बिहीबार गर्ने

सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री देउवाले बिहीबार गर्ने

कैलाली । सुदूरपश्चिम महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन । मङ्सिर २२ गते (बिहीबार) बाट कैलालीको धनगढीमा सुरु हुने उक्त सुदूरपश्चिम महोत्सव उद्घाटन प्रधानमन्त्री देउवाल गर्ने भएका हुन । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने उक्त महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए छन । बुधबार साँझसम्म महोत्सवको तयार पूरा हुने उनले बताएका छन्। उनका अनुसार महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका संस्कृति झल्किेन झाँकी नृत्य प्रदर्शन गर्ने तयारी छ। सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ। कोरोना…
पुरा पढ्नुहाेस्
छाडा चौपायाको समस्या बढ्दै, किसानलाई बाली जोगाउन मुस्किल

छाडा चौपायाको समस्या बढ्दै, किसानलाई बाली जोगाउन मुस्किल

कञ्चनपुर । कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै  गएको छ । पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो ।  स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि समस्या समाधान हुन नसकेको भीमदत्त नगरपालिका निवासी हरिभान भट्ट बताए । “छाडा चौपायामा स्थानीय तहले धेरै पैसा खर्चिएका छन्, तर अझै समस्या समाधान हुन सकेको छैन,” उनले भने, “छाडा चौपाया राख्न कान्जीहाउस (गौशाला) बनाइयो तर अहिले उपयोगविहीन छन् ।” यस्ता चौपायाको समस्या समाधान नहुँदा स्थानीय चिन्तित बनेका छन् । बेदकोट नगरपालिकामा छाडा चौपायाको समस्या समाधान नभएको जनाउँदै सडकका चौपाया संकलन गरेर स्थानीयले नगरपालिका परिसरमा थुनेका छन् । नगरपालिकालाई छाडा चौपायाको…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न, हेर्नुस् वडा सहितको विवरण

बर्दगोरियामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न, हेर्नुस् वडा सहितको विवरण

बौनिया । कैलालीको बर्दगोरियामा शान्तिपूर्ण तवरले मतदान प्रक्रिया सम्पन्न भएको छ । पालिकाको ६ वटै वडामा शान्तिपुर्ण हिसाबले मतदान भयो । यद्यपि केही वडामा भने सामान्य विवाद सृजना भएपनि निर्वाचन प्रक्रिया भने बिथोलिएन । प्रदेश सभा तथा प्रतिनिधि सभाको लागि आज भएको मतदान प्रक्रियामा कैलालीको बर्दगोरिया गाउँपालिकामा १४२१३ मत खसेको छ । बर्दगोरियामा २२ हजार १८१ जना मतदाता रहेका छ्न । यसअघि गत स्थानीय तहको निर्वाचनमा बर्दगोरियामा ६७.३९ प्रतिसत मत खसेको थियो । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा ४३५६, वडा नम्बर २ मा ४४३६, ३ मा ३०५७, वडा नम्बर ४ मा कुल मतदाता ३८८१, वडा नम्बर ५ मा ३८९४…
पुरा पढ्नुहाेस्
प्रदेश सभा सदस्यका उम्मेदवार साउदले गरे मतदान

प्रदेश सभा सदस्यका उम्मेदवार साउदले गरे मतदान

बर्दगोरिया । कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नन्द बहादुर साउद (राजेन्द्र ) ले बिहान ७:१५ बजे पहिलो मतदान गरेका छन । उनले बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बथ 'ग' बाट पहिलो मतदान गरेका हुन । देशभर आइतबार सुरु भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा प्रदेश सभा सदस्य पदका उम्मेदवार साउदले सर्वप्रथम भोट खसालेका हुन । मतदान केन्द्रमा उत्साहप्रदरुपमा मतदाता सहभागी छन् । बिहान ७ बजे देखि शुरु भएको मतदान प्रक्रिया आझ ५ बजे सम्म रहनेछ । प्रदेश सभा सदस्य पदका उम्मेदवार साउदले मतदान शान्ति पुर्ण भइरहेको र थप शान्ति पुर्ण तरिकाले…
पुरा पढ्नुहाेस्
स्थिर समयमा भ्रमिक सुचना फैलिएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण

स्थिर समयमा भ्रमिक सुचना फैलिएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण

काठमाडौं । आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा नेकपा (एमाले) को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायत एमालेसम्बद्ध केही पत्रकारहरुले स्थापित अनलाइन तथा पत्रिकाहरूका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको घटनाप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । आज प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा जुगलले एक विज्ञप्ति जारि गर्दै आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । यस्तो छ, प्रेस विज्ञप्ति प्रेस विज्ञप्ति प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण आज शनिबार  प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आइतबार  पनि देशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सोमबार देशको पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक…
पुरा पढ्नुहाेस्
भारत र चीनसँगको सीमानाका बन्द

भारत र चीनसँगको सीमानाका बन्द

काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लाई लक्ष्यित गर्दै छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको छ । आमनिर्वाचनका लागि बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको हो । मतदान हुनु ४८ घण्टा अघि बिहिवार राति देखि लागु हुने गरि नाका बन्द गरिएका हुन । मतदान नसकिएसम्म अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुनेछ । नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन् । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ । निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित…
पुरा पढ्नुहाेस्