बर्दगोरिया-३ र ४ जोड्ने नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन, (फोटो फिचर)

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को बुटकौवा र वडा नम्बर ४ को नौनिया जोड्ने नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । पालिकाको पहलमा सङ्घिय सरकारको लगानीमा बनेको पुलको बिहिवार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका हुन् ।

बर्दगोरिया गाउँपालिकाको १३ प्रतिशत ,संघीय सरकारको ८५ प्रतिशत र २ प्रतिशत जनश्रमदानबाट गरि ९८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको हो । पुलको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले झोलुङ्गे पुल निर्माणपछि स्थानीयलाई आवत–जावतमा सहजता हुने बताउँदै आफ्नो नेतृत्वले यहाँको दिगो विकासलाई प्राथमिकता दिएको दाबी गरे ।

झोलुङ्गे पुल बनेपछि बर्षौदेखि वडा नम्बर ३ बासीले खेप्नु परेको समस्या अब समाधान भएको बताउदै उनले वडाको बिकासमा उल्लेखनीय काम भएको दावी समेत गरे ।

उद्घाटन समारोहमा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्य लगाएतको उपस्थिति रहेको थियो । पुल नहुदा बर्सेनि आवातजावतमा समस्या हुनुको साथै वर्षातको बेला बिरामी ,उपभोक्तालाई निकै सास्ती हुँदै आएको थियो । पुल बनेपछि वडा नम्बर ३ र ४ का नागरिक भने खुशी भएका छ्न । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार