(माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको कार्यकर्ता प्रशिक्षण तथा सहिद सप्ताह कार्यक्रम सम्पन्न
बर्दगोरिया । नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको कार्यकर्ता प्रशिक्षण तथा सहिद परिवारलाई सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ। नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद (आयम) को सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बिमला सिंह रहेकी थिइन । यसैगरी कार्यक्रमको विशिष्ट अथितिका रूपमा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सचिबालय सदस्य तथा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरि (लालदिप) रहेका थिए । प्रशिक्षण कार्यक्रममा पार्टी प्रदेश सदस्य, जिल्ला सदस्य, पालिका सदस्य तथा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिदै प्रमुख अथिती बिमला सिंहले पार्टीलाई कसरी सुदृढीकरण गरि पार्टीलाई मजबुत गरि…














