एलपीएल : प्रकाश जैशिको उत्कृष्ट प्रदर्शनमा बालबाटिका विद्यामन्दिर बौनिया विजयी

धनगढी । धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणमा आज भएको खेलमा बालबाटिका बिद्या मन्दिर बौनियाले बिजयी सुरुवात गरेको छ ।

बालबाटिकाको जितमा प्रकाश जैशीले अर्धसतकीए सानदार पारी खेलेका छन् । प्रतियोगितामा ४ खेल सम्पन्न हुँदासम्म उनले पहिलो खेलमै अविजित ७८ रनको सानदार अर्धसतकीय पारी खेलेका हुन् । जारी संस्करणमा यो नै पहिलो अर्धसतक हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बालबाटिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ८८ रन बनाउन सफल भएको थिए । बालबाटिकाका लागि यु १९ खेलाडी प्रकाश जोशिले २६ बलमा ६ चौका र ७ छक्काको मद्दतमा अबिजित ७८ रनको पारी खेलेका थिए ।

यसै गरि कप्तान यु-१९ खेलाडी बिराट सिंह भण्डारीले ३७ बलमा ६ चौकाको मद्दतमा ३७ रनको योगदान गरे । यस्तै आशिष ओलिले ३९ बलमा ५ चौकाको सहयोगले ४३ रनको योगदान गरे ।

१ सय ८९ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको वेष्टन क्रिष्टल एकेडेमि निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाउदै ९८ रनमा रोकिन पुगेको हो । वेष्टन क्रिष्टल एकेडेमीका लागि निरत अएरले २४ रनको योगदान गर्दा अन्यको ब्याटिङ सम्झन लाएक रहेन ।

वेष्टन क्रिष्टल एकेडेमीलाई सस्तैमा रोक्ने क्रममा बालबाटिकाका वीर बहादुर घर्तीमगरले ३ तथा प्रकाश जोशिले २ विकेट हात पारेका थिए ।

ब्याटिङ तथा बलिङमा चम्केका यु-१९ खेलाडी प्रकाश जोशी म्यान अफ द म्याच बन्न सफल भए । अब बालबाटिलाले आफ्नो दोस्रो खेल माघ २५ गते होलि फ्यामिली संग प्रतिस्पर्धा गर्ने भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार