बर्दगोरियामा जारि पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुक्रबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । गत मङ्गलवारबाट सुरु भएको प्रतियोगिता आज शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।

प्रतियोगितामा कक्षा ६ देखी १२ सम्मका १३ विद्यालयको सहभागीता रहेको थिए ।

प्रतियोगिताका अधिकांश खेल विद्यालाई वसन्त मुरारी माध्यमिक विद्यालयले कब्जा गरेको छ । १० स्वर्ण, ७ रजत र २ कास्य सहित वसन्त मुरारी प्रथम हुँदा ५ स्वर्ण र ३ कास्य सहित नोबेल एकेडेमी दोस्रो बनेको छ । यस्तै ३ स्वर्ण, ८ रजत र २ कास्य सहित कालिका मा.वि. नौनिया तृतीय बनेको छ । प्रतियोगितामा मा.वि. कोटातुल्सीपुरले ३ स्वर्ण, ४ रजत र ७ कास्य हात पारेको छ । जगदम्बिके भगवती मा.वि. खैरेनीले ३ स्वर्ण, ४ रजत र ४ कास्य, महुन्याल मा.वि. बासकोटीले ३ स्वर्ण, २ रजत र ४ कास्य, बालकन्या मा.वि. कट्टीपुरले २ स्वर्ण, २ रजत र ७ कास्य र न्यु वालवाटीका मा.वि. बौनियाँले १ स्वर्ण, २ रजत र ३ कास्य हात पारेको छ ।

यस्तै द सनराईज मा.वि.बौनियाँले २ रजत र १ कास्य, आदर्श सामुदायिक मा.वि.ले १ कास्य, र माइकी मिडियमले १ कास्य प्राप्त गरेका छन् । प्रतियोगितामा १ सय, २ सय, ४ सय, ८ सय, १ हजार ५ सय र ३ हजार मिटर दौड, कबड्डी, १ सय मिटर र ४ सय मिटर रिले, भलिबल, हाई जम्प, लङ्ग जम्प, सट फुट, त्रिपल जम्प र ज्याइबलिन थ्रो गरी १५ विद्यामा खेल खेलाइएको थियो ।

जिल्ला स्तरमा हुने राष्ट्रपति रनिङ्ग शिल्डलाई मध्यनजर गरी सञ्चालन गरिएको यस प्रतियोगिताबाट खेलाडी तथा टिम समेट छनौट भएका छन् । हरेक खेल विद्याका प्रथम र द्धितिय हुने टिम तथा खेलाडी जिल्ला स्तरको प्रतियोगितामा सहभागी हुने छन् । यस अघि २०७६ मा जिल्ला स्तरमा भएको प्रतियोगितामा वसन्त मुरारी मा.वि.ले कबड्डी विद्यामा उपाधि हात पारेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार