पदम राज ओझा / बौनिया । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी उद्योग बाणिज्य संघको आयोजनामा सुखडको हेलि प्याडमा घोडाघोडी महोत्सव २०७९ हुने भएको छ ।
“कला संस्कृतिक कृषि, पर्यटन र व्यापार ,समृद्ध घोडाघोडी बिकाशको आधार” भन्ने नाराका साथ संघको आयोजनामा फागुन १८ गते देखि २८ गते सम्म महोत्सव सञ्चालन गरीने महोत्सव मुल समिति संयोजक तथा घोडाघोडी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा दत्त जोशिले पत्रकार सम्मेलनमा बताए ।
विश्व रामसार सुचिमा पर्न सफल पर्यटकीय क्षेत्रका रुपमा रहेको घोडाघोडी तालको प्रचारप्रसारका लागी महोत्सव गर्न लागिएको बताउदै महोत्सवमा यस क्षेत्रका सांस्कृति भेषभुसा झल्कीने स्थानिय कलासंस्कृतिको पर्दशन गरिनुका साथै ब्यापारीक, ब्यावसायिक र कृर्षि स्टल समेत रहने आयोजकले जनाएको छ ।
महोत्सवका कारण ठाउँको पहिचान संगै ब्यपार व्यवसायमा वृद्धि होस भन्ने उद्देश्यका साथ महोत्सव लगाउने गरिएको घोडाघोडी उद्योग बाणिज्य संघ सल्लाहकार उप संयोजक लक्ष्मी प्रसाद भट्टराईले बताए
महोत्सव अवधिभर स्थानिय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने मुल कमिटी संयोजक दुर्गा दत्त जोशिले बताए । महोत्सव बाट उठेको आम्दानीले उद्योग बाणिज्य संघको भवन निर्माणका साथै यस क्षेत्रको सामाजिक विकासमा सहयोग गर्ने लक्ष्य रहेको महोत्सव मुल समिति संयोजक जोशिले बताए ।
१० दिन सम्म सञ्चालन गरीने महोत्सबमा करीब २५/३० लाख खर्च र सोही अनुसारको आम्दानी रहने अनुमान गरिएको आयोजकको दावी छ । उक्त महोत्सवलाई सहयोग गरी दिन समेत आयोजकले सबैलाई आग्रह गरेको छ । महोत्सव अवलोकनका लागी विद्यार्थीका लागी ५० र अन्य सर्बसाधारणका लागी ८० रुपैयाँका दरले टिकट दस्तुर लाग्ने आयोजकले जनाएको छ ।