धनगढी आउदै गरेको जिप दुर्घटनाः तिन जना घाईते

धनगढी : कैलालीको खानीडाँडामा जिप दुर्घटना भएको छ। डडेल्धुराको जोगबुढाबाट धनगढी आउदै गरेको सु.प.प्र. ०१००१ ज १३६१ नम्बरको जिप शनिवार राति दुर्घटना भएको हो।

जिप दुर्घटनामा परि घाईते हुनेमा जिप चालक बैतडीको पुर्चौडी नगरपालिका–६ का ३१ वर्षीय इश्वरदत्त पन्त र जिपमा सवार डडेल्धुराको परशुराम नगरपालिका–५ का ४१ वर्षीय लालबहादुर खड्का रहेका छन।

प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार उनीहरुको अत्तरियाको पद्मा अस्पतालमा उपचार भरहेको छ। दुर्घटनाको कारण भने खुलेको छैन।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार