
बौनिया । बर्दगोरिया गाउपालिका कार्यपालिकाको बैठकले गाउपालिका अन्तर्गत रहने बिषयगत शाखाको जिम्मेवारि वडा अध्यक्षहरुलाई बाडफाड गरेको । बर्दगोरिया गाउपालिकाको प्रबक्तामा मिथुन गौतमलाई तोकिएको छ । २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बर्दगोरिया गाउपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा नेकपा एमाले बाट निर्वाचित गौतमलाई सामाजिक बिकास शाखाको संयोजकको जिम्मेवारी समेत पाएका छन । सो जिम्मेवारी सहित गौतमलाई आइतबार बसेको कार्यपालिकाको बैठकले गाउँ पालिकाको प्रबक्ता समेतको जिम्मेवारी दिईएको हो । २०३३ सालमा चौकुने गाउपालिका २ धनरास सुर्खेतमा जन्मिए का गौतम विद्यार्थी जीवनमा राष्ट्रिय नव जागृत माध्यमिक बिधालय हिरापुर चुहा कैलालीमा २०४८ सालमा कक्षा ९ मा अध्यनरत हुदा अनेरास्ववियुमा आवद्ध भएका थिए । युवा संघ नेपालको कैलाली जिल्ला कमिटी सदस्य हुदै उपाध्यक्ष ,खेलकुद महासंघ को केन्द्रिय सदस्य को जिम्मेवारीमा रहि जिल्लाभर संगठन बिस्तारमा सक्रिय रहेका थिए । नेकपा एमाले साविक दोदोधरा गाउँ कमिटीको सचीव ,ईलाका कमिटीको सचिब र जिल्ला कमिटी सदस्य को जिम्मेवारीमा रहि पार्टी र संगठन निर्माणमा वडा अध्यक्ष गौतमको अहम भुमिका रहेको छ । पार्टी र संघसंगठनको काम संगै मुडा बजार बिकास समितिको अध्यक्ष ,बालकन्या माध्यमिक बिधालयको ३ कार्यकाल बिधालय ब्यबस्थापन समितीको अध्यक्ष जिम्मेवारी पदमा रहि निरन्तर सामाजिक कार्यमा सक्रिय र ईमानदारपुर्वक भुमिका निर्वाह समेत गरेका छन । गौतमाई एमालेका एक सालिन ,अनुसासित युवा नेता मान्न सकिन्छ ।
साथै आईतवार बसेको कार्यापालिका बैठकले अन्य बिषयगत शाखाको संयोजकको समेत भुमिका बाडफाड गरेको छ । जसमा आर्थिक बिकास समितीको संयोजकमा वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु, पुर्बाधार बिषयगत शाखाको संयोजकमा वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क , सेवा प्रवाह तथा सुशासन बिषयगत शाखाको जिम्मेवारी वडा नम्बर ३ का अध्यक्ष मनऋशी आचार्य , बन बाताबरण बिषयगत शाखाको जिम्मेवारी वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीलाई दिईएको छ भने बिधायन बिषयगत शाखाको जिम्मेवारी वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरिलाई दिइएको प्रबत्ता मिथुन गौतमले जानकारी दिए ।