बर्दगोरिया-५ मा अपांगता सम्बन्धि सामाग्री वितरण (फोटोफिचर)

बर्दगोरिया कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा अपांग भएका नागरिकहरुलाई अपांगता सामाग्री वितरण गरिएको छ ।

बिहिवार पालिकाको वडा नम्बर ५ कोईलिभुरुवाले आफ्नो वडा भित्र रहेका अपांग नागरिकहरुलाई उनीहरुको आवस्यकता अनुसार अपांगता सामाग्री वितरण गरेको हो ।

वडा कार्यालयले आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट बाट उक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष भोलेराम चौधरीले जानकारी दिए । उनका अनुसार आफ्नो वडाका अपांगता भएका नागरिकहरुले आफुलाई दिएको सुझाव तथा माग लाई मध्यनजर गर्दै आफुहरुले आफ्नो वडाले वार्षिक कार्यक्रम अनुसार उक्त सामाग्री वितरण गरेको बताए ।

जस अनुसार १० ओटा ह्युईल चियर, ४ ओटा छडी र १ ओटा बैसाकी वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर रहेका थिए भने विशिष्ट अतिथि पालिका उपाध्यक्ष गणेश राज गिरि रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष कुँवरले आफ्नो पालिकामा रहेका नागरिकको आवश्यकता अनुसार पालिकाले र वडा कार्यालयहरुले यस्ता कार्यक्रम आयोजन गर्दै आएको बताए । जस अनुरुप वडा नम्बर ५ ले पनि उक्त अपांगता सामाग्री वितरण गरेको बताए । यस्तै पालिकाले पनि वडा बाट सम्भावना नरहेका अन्य अपांगता भएका व्यक्तिलाई अनुगमन गर्दै पालिकाले बितरण गर्ने बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार