नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने तयारी

काठमाडौँ । नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

आजको बैठकमा खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।

हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।

यद्यपि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका थिए । आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार