अखिल र राष्ट्रिय युवा संघ नेपालको स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण
जेठ १, कैलाली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काे ५९ औं र राष्ट्रिय युवा संघ नेपालकाे ३४ औं स्थापना दिवसको अवसरमा लम्किकाे एक बिधालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । साेमबार लम्किचुहा नगरपालिका वडा नम्बर ४ स्थित श्री नव जिवन माध्यमिक बिधालयमा एक कार्यक्रम काे आयोजना गर्दै राष्ट्रिय युवा संघ नेपाल र राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) साे बिधालयमा अध्यनरत २५ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गरिएको राष्ट्रिय युवा संघ नेपाल लम्किचुहा नगरकमिटि अध्यक्ष नकुल बमले जानकारी दिए । साे अवसरमा बाेल्दै अनेरास्ववियु का केन्द्रीय सदस्य एवम् लम्कि, बहुमुखी क्याम्पसका स्ववियु सभापति कल्पना तिमिल्सिनाले कुनै…
















