कैलालीको धनगढी स्थित एक चमेनागृहमा आगलागी

कैलाली । कैलालीको धनगढी स्थित एक चमेनागृहमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको वेस्टर्न कलेजको चमेनागृहमा बिहिवार दिउँसो आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राकेश शर्माले सञ्चालन गरेको चमेना गृहमा ग्याँल लिक भएर आगो लागेको हो। आगलागीबाट फ्रिज, टेबुल, कुर्सी लगाएतका सामान जलेका छन्। आगो प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार