घोडाघोडी नगरपालिका द्वारा दुना टपरीको प्रयोग गर्न आग्रह

सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले पालिका भित्र रहेका होटेल, रेस्टुरेन्ट, खाजा घर, विवाह, भोज भतेर, बत्रबन्ध, मेला पर्व र होमस्टेमा सालको पातबाट निर्मित दुना टपरीको प्रयोग गर्न आग्रह गरेको छ ।

नगरपालिकाले आज एक सूचना जारि गर्दै आम सरोकारवालाहरुलाई सालको पातबाट निर्मित दुना टपरीको प्रयोग गर्न आग्रह गरेको छ ।

प्लास्टिक जन्य बस्तुहरूको विस्थापन गर्दे स्थानीय कच्चा पदार्थ बाट निमार्ण भएका दुना टपरीको प्रयोगलाई प्राथमिकता दिन सबैमा अनुरोध गरेको छ ।

दुना टपरीको प्रयोग पश्चात् टपरीलाई कम्पोस्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने विश्वास गरिएको छ । पालिकाले प्लास्टिक मुक्त अभियान सफल पार्न दुना टपरी उत्पादनमा जोड थालेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार