सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको बिषय चाँडै टुंगो लाग्छ; अध्यक्ष प्रचण्ड

२१, भाद्र २०७९ कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको बिषय चाँडै टुंगो लाग्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्न धनगढी पुग्न भएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल कैलालीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा साे कुरा बताएका हुन् ।

मंगलबार साँझसम्म कार्यदल स्तरबाट सहमतिको प्रयास भइरहेको र बुधबार शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँडको बिषय टुंगो लाग्ने उनकाे तर्क छ ।

त्यस्तै, प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म रहने कुरामा सरकार र सत्तारुढ गठबन्धन स्पष्ट रहेको दाहालको भनाइ थियो ।

प्रतिनिधिसभामा संसद्को कार्यकाल लम्ब्याउने व्यवस्थासहितको कानुन संशोधन विधेयक ल्याएकोमा दाहालले त्यसो नगरिने बताए । ‘संसद्को कार्यकाल एकदिन पनि यताउता गर्नु हुँदैन भन्ने हो । मनोनयनपछि संसद् एक दिन पनि रहँदैन,’ उनले भने ।

पत्रकार सम्मेलन प्रेस सेन्टर नेपाल कैलालीका अध्यक्ष तेराज भट्टकाे अध्यक्षतामा भएकाे हाे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार