बर्दगोरियामा जग्गाको निस्सा बितरण कार्य सुरु

२०, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकाले जग्गाको निस्सा (ऐलानी, प्रति जग्गा उपभोग गरिरहेको प्रमाण) वितरण कार्य सुरु गरेको छ । 

राष्ट्रिय भूमि आयोग संग भएको सम्झौता बमोजिम गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा वितरण कार्य सुरु गरेको हो । आइतबार वडा नम्बर ३ स्थित रानिकुण्डामा एक कार्यक्रमका बिच पालिकाले भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण कार्य शुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष कर्ण बहदुर कुँवर र उपाध्यक्ष गणेश राज गिरीले स्थानीयलाई निस्सा वितरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो क्रममा गाउँपालिकाका अध्यक्ष कुवरले ऐलानी, पर्ती जग्गा कैयौं वर्षदेखि उपभोग गर्दै आए पनि लालपूर्जाबिहीन स्थानीयवासीहरु जग्गाको मालिक बन्ने पहिलो प्रक्रिया सुरु भएको बताए । आफुले निर्वाचनका बेला जनता माझ गरेको वाचा अनुसार स्थानीय नागरिक लाई पहिलो चरणमा जग्गाको निस्सा बितरण कार्य अगाडि बढाएको बताए । 

उनले जग्गा जोत, उपभोग गरिरहेका प्रमाण गाउँपालिकाले दिएको बताए । ‘यो जग्गाको लालपूर्जा होइन’, निस्सा वितरण गर्दै उनले भने । ‘तपाईहरुले कति ऐलानी, पर्ती जग्गा उपभोग गरिरहनु भएको छ, त्यसको प्रमाण तपाईहरुलाई दिएका हौं ।’ जग्गाको नाप, नक्सा अब यहि निस्साको आधारमा हुने अध्यक्ष कुवरले बताए ।
उनले जग्गा सम्बन्धी सबै विवाद समाधान होस भनेर गाउँपालिकाले निस्सा दिएको बताए ।

त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरीले भने आफुहरुले निर्वाचनका बेला जनतालाई जग्गाको धनी बनाउने बाचा अनुसार आफुहरु निरन्तर भुमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई पहिलो चरणमा जग्गाको निस्सा वितरण गरेको बताए । यसरी नै पालिका भर पहिलो चरणमा जग्गा निस्सा वितरण गरिने र दोस्रो चरणमा जग्गा धनी पुर्जा दिने बताए ।

गाउँपालिकाले पहिलो चरणमा रानिकुण्डाका ५५५ परिवारलाई जग्गाको निस्सा वितरण गरेको छ । निस्सा पाएपछि स्थानीय खुशी भएका छन् । आफूले बर्षौ देखि जग्गा उपभोक गर्दै आएको भए पनि आफुहरु कहिलै जग्गाको मालिक हुन नसकेको बताए । अब यो सरकारले आफुहरुलाई जग्गा धनी पुर्जा दिई आफुहरुलाई जग्गाको धनी बनाउने भएको हुदा आफूहरु निकै नै खुसी भएको स्थानीयले बताए । साथै स्थानीयले पलिका अध्यक्ष, उपाध्यक्ष लगातको टिमलाई धन्यवाद समेत व्यक्त गरेक छन ।

निस्सा वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष वडा कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

वडा नम्बर ३ का वडा अध्यक्ष मनऋषि आचार्यको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको सञ्चालन वडा नम्बर ३ क कार्यालय सहयोगी रबि जनालाले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार