मोहन्याल गाउँपालिकाले पायो न्याय, अध्यक्ष उपाध्याय कार्यालयमा हाजिर हुदैं

२२ भाद्र २०७९ कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय गाउँपालिका कार्यालयमा हाजिर हुने भएका छन ।

बुधबार सर्वोच अदालतले उनलाई यस अघिको निर्णयलाई खारेज गर्दै निरन्तर रुपमा पालिकामा हाजिर भई जनताको हितमा रहि पालिकाको काम कार्वाहिलाई अगाडी बढाउन निर्देशन दिए पछि उपाध्याय गाउँपालिका कार्यालयमा हाजिर हुने भएका हुन ।

स्थानिय तहको निर्वाचन २०७९ मा निर्वाचित पालिका अध्यक्ष उपाध्यायलाई भ्रष्टाचार मुद्दा विशेष अदालतमा भएका बेला स्वतः निलम्बनमा परेको भन्दै कुनै पनि अधिकार प्रयोग नगर्न गत जेठ २९ गते निर्वाचन आयोगले निर्देशन जारी गरेको थियो । निर्वाचन आयोगले निर्देशन पछि उनी पालिकामा हाजिर हुन सकेका थिएनन ।

अध्यक्ष उपाध्यायले नौलो प्रेस सँग कुरागर्दै सर्वोच अदालतको यो निर्णय स्वागत योग्य भएको र उक्त निर्णलयलाई सम्मान गर्दै छिटै पालिका हाजिर हुने बताए । उनले यो आफ्नो आवश्यक्ता नभई मोहन्यालका जनताको आवश्यक्ता भएको बताए । अब आफु निरन्तर मोहन्याल र मोहन्यालका जनताको आवश्यक्ता र विकासका कार्यलाई निरन्तरता दिने बताए ।

उनि विरुद्ध अख्तियारले भ्रष्ट्राचारसम्बन्धी मुद्दा दायर गरेको थियो । उपाध्याय स्थानीय निर्वाचन २०७४ सालमा मोहन्याल गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उक्त समयमा उनी लगाएत पालिकाका १४ जना जनप्रतिनिधि विरुद्ध सरकारी राजस्व हिनामिना गरेको भन्दै अख्तियारले भ्रष्ट्राचारसम्बन्धी मुद्दा दायर गरेको थियो । त्यसपछि निलम्बनमा परेका उपाध्यायले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा पुःन निर्वाचित भएका थिए ।
उपाध्याय नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित जनप्रतिनिधि हुन ।

यस अछि प्रकाशित भएको समाचारलाई सच्याइएको छ। 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार