नेकपा (माओवाद केन्द्र) कैलाली क्षेत्र नम्बर २ ले गर्‍यो उम्मेदवारीको नाम सिफारिस

२३ भाद्र २०७९, कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) कैलालीले क्षेत्र नम्बर २ ले उम्मेदवारीको नाम सिफारिस गरेको छ ।

बिहिवार कैलालीको लम्की चुहा नगरपालिकाको पार्टी कार्यालयमा बसेको बैठकले कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका लागि उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ
भगत बडुवाल, लाल बदादुर सोडारी, दुर्गा बडुवाल को नाम सिफारिस गरेको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ कमल खनाल, कृष्णा बडुवाल ज्ञवाली, दिपक चौधरी (कम्लहरी), प्रेम बहादुर बयक (अपाङ्ग), विशाल पहराई, भगवती देवि डगौरा को नाम सिफारिसमा परेका छन् ।

प्रदेश सभा (क) को प्रत्यक्षतर्फ
गोविन्द तिमिल्सेना, जनक सिह, लोक राज ढकाल, पहल बहादुर शाही, रतन सुनरलाई सिफारिस गरिएको छ ।

प्रदेश सभा (क) समानुपातिक तर्फ
गिता गडतौला, पदम मिजार, प्रेम बहादुर विसि, रमा वादी, विमल सिह, सोम प्रसाद कठरिया, सुरेन्द्र जोशी, टंक बहादुर टमट्टा को नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा (ख)को प्रत्यक्ष तर्फ
कमल बटला, नन्द बहादुर साउद, नाथ राम थारु, पवित्रा गिरी, ज्ञानु बमको नाम सिफारिस भएको छ ।

प्रदेश सभा (ख) समानुपातिकतर्फ
ध्वज बहादुर सुनार (दलित), दल बहादुर तिरुवा (दलित), धिरेन्द्रा जोशी (महिला), लौटन चौधरी (जनजाती), राम बदादुर साउद (अपाङ्ग), राजेश चौधरी, रुपक सुनार, विष्णा विसि, ढक बहादुर बि.क, पुजा देवि बुढामगरको नाम सिफारिस गरिएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार