लम्की सांगितीक महोत्सवको तयारी तिव्र, ६० प्रतिशत काम सम्पन्न

२२, भाद्र २०७९ कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा हुन लागेको लम्की सांगितीक महोत्सवको तयारी तिव्र रुपमा अगाडि बढेको छ ।

लम्की एफ.एम.को आयोजनामा यहि भाद्र ३० गते देखि असोज ९ गते सम्म हुन लागेको उक्त लम्की सांगितीक महोत्सव २०७९ को तयारी तिव्र रुपमा अगाडि बढाईएको आयोजकले जानकारी दिएको छ ।

महोत्सव मुल समिति संयोजक दिपक सुनारका अनुसार हाल सम्म महोत्सवको तयारी स्वरुप ६० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

आज नौलो प्रेस सङ्ग कुरा गर्दै उक्त कुरा बताएका हुन । बाकी रहेको कार्यलाई तप तिव्रता दिदै छिटैनै सम्पन्न हुने बताएका हुन ।

हाईबे मिडिया प्रा.लि. द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेघाहर्जको आयोजनामा भदौ ३० गते दखि असोज ९ गते सम्म महोत्सव सञ्चालन  गरीने महोत्सव बौनियामा रहेको सहारा घरको सहयोगार्थ महोत्सव गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा यस क्षेत्रका सांस्कृति भेषभुसा झल्कीने स्थानिय कलासंस्कृतिको पर्दशन गरिनुका साथै ब्यापारीक, ब्यावसायिक र कृर्षि स्टल समेत रहने बताएको छ ।   

महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने प्रचारप्रसार समिति संयोजक हरेन्द्र चौधरीले बताए  । उनले महोत्सवलाई मध्यनजर गरि प्रचारप्रसारको कामले समेत तीव्रता पाएको बताए । उनकाअनुसार महोत्सवमा बाल उद्दान, रमाइलो मेला पार्क, थारु गाउँ (स्पेसल थारु) परिकार समेत राखिनेछ । 

महोत्सवबाट उठेको आम्दानीले हाइवे मिडिया प्रालिद्वारा संचालित लम्की एफ.एम.को विकासका साथै लम्कीमा ढल निकासको क्षेत्रमा सहयोग गरिने छ ।

यसैगरी महोत्सवबाट बर्दगोरिया २ मा संचालित सहारा घरको सहयोगका लागि प्रति टीकट बाट ५ रुपैयाँ छुट्याइने छ । महोत्सबमा करिब २५ लाख रुपैयाँ खर्च र सोही अनुसारको आम्दानी रहने अनुमान आयोजकको छ ।   

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार