हेडक्वाटरका वरिपरि घुम्नेले हैन, जनताक र पार्टी कार्यकर्ताको साथमा घुम्नेले पाउछ टिकट: प्रचण्ड

२१, भाद्र २०७९ कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदुरश्चिम प्रदेशको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको छ ।

मंगलबार पार्टी प्रदेश कमिटी सुदुरश्चिमको आयोजनामा भएको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आएका हुन ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको राज्य ब्यवस्थाको जन्मदाता माओवादी भएको बताए । अहिलेको यो व्यवस्थापनको जन्मदाता माओवादी भएको भएपनि अन्य राजनैतिक दलहरुले भने जनतामाझ विभिन्न खाले भ्रम फैलाउने कार्य गरेको बताए । तर जनताले यस्को सहि मूल्याकंन गर्ने बेला आएकोले उनले बताए ।

प्रतिगामीहरुले माओवादी कम्जोर भएको सोचेका छन तर जनताका मुद्धा स्थापित गर्ने ब्यवस्थाको लागी लडेको माओबादी प्रतिगामीहरुको घेराबन्दीबाट कत्तिपनी बिचलित नभएको बताउदै अध्यक्ष दहालले पार्टिका उम्मेदवारलाई निर्बाचन जिताउन कार्यकर्तालाई निदेशन समेत दिएका थिए ।

उनले भने पार्टी जस्तोसुकै प्रतिगामीका विरुद्ध लडन तयार छ । माओबादी गोलीका नालहरु छिचोल्दै देशको सासनसत्ता परिवर्तन गर्ने पार्टी भएको कुरा जनताले मुल्याकंन गरेको भन्दै आउदो निर्बाचनमा माओबादी अझै बलियो शक्तिका रुपमा उदाउने बिश्वास ब्यक्त गरे ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भने ‘आगामी निर्बाचनमा हेडक्वाटरका वरिपरि घुम्ने मान्छेले टिकट पाउँदैनन् तपाई ढुक्क हुनुहोस् जो जनताको साथमा हुन्छ, पार्टी कार्यकर्ताको साथमा हुन्छ जो जित्छ उसैले पाउँछ, हेड क्वाटर वरिपरि घुम्नेले टिकट पाउँदैनन् ।’ पार्टीमा सिनियर हुनु र निर्वाचनमा टिकट पाउनु एउटै कुरा नभएको भन्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने ब्यक्तिलाई पार्टिले टिकट दिने र टिकट पाएको ब्यक्तिलाई सबै मिलेर जिताउनुपर्ने बताए ।

प्रदेश कमिटीलाई निर्देशन दिदै भने ‘जसको पक्षमा जनधार छ उसले नै टिकट पाउने हो, सबै कुराको मूल्याङ्कन गरेर पठाउनु होला ।

आगामी निर्बाचनबाट माओवादी पार्टी बाम पार्टीहरु मध्य सबैभन्दा ठुलो पार्टी बन्ने दाबी गर्दै अध्यक्ष प्रचण्डले निर्वाचन पछी आफुले सबै कार्यकर्तालाई एउटा फरक क्रान्ति तर्फ लैजाने बताए । अहिलेको निर्वाचन प्रक्रिया आफुहरुको परिकल्पना भन्दा भयानक बन्दै गएको, सर्वहारा बर्गका नेताहरुले चुनाब लड्न नसक्ने स्थिीत आएकोले यो निर्वाचन प्रणलीको बिरुद्ध सडक संघर्ष गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष प्रचण्डले आफुलाई कार्यकर्ताले जनयुद्धमा जस्तै साथ दिने बिश्वास ब्यक्त गरे ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार