लम्की सांगितीक महोत्सव २०७९ को नगर उप-प्रमुख चौधरी द्वारा उद्घाटन
२, असोज २०७९ कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा हुन लागेको लम्की सांगितीक महोत्सव २०७९ को आइतबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । लम्की एफ.एम.को आयोजनामा हुन लागेको महोत्सवको लम्की चुहा नगर उपप्रमुख जुना चौधरीले दिप प्रज्वलन गर्दै उद्घाटन गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै नगर उप प्रमुख जुना चौधरीले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै यस महोत्सवले यहाँको व्यापार, व्यवसाय, कला साँस्कृतिक, भेषभुसा, तथा कृषि, पर्यटनमा थप टेवा पुग्ने बताइन । यस महोत्सवलाई सफल पार्न नगरपालिकाले गर्नु पर्ने सम्पुर्ण सहयोग गर्ने बताए । आफुहरुले निर्वाचनका बेला जनतामाझ गरेका बाचा अनुसार यस क्षेत्रको कला साँस्कृतिकलाई पनि विशेष जोड दिने…
















