संविधान दिवसको अवसरमा बौनिया जेसिजले दिप प्रज्वलन कार्यक्रम गर्ने

१, असोज २०७९ बर्दगोरिया (कैलाली) ।असोज ३ गते संविधान दिवसको अवसरमा बौनिया जेसिजले दिप प्रज्वलन कार्यक्रम गर्ने भएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बौनिया जेसीजले संघीय गणतन्त्र नेपालको संविधान जारी भएको सातौं वर्ष पार गरेको अवसर पारी संविधान दिवसको दिन दिप प्रज्वलन गर्ने भएको हो ।

२०६२/०६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । त्यही दिनको अवसरमा बौनिया जेसीजले पनि दिप प्रज्वलन कार्यक्रम गर्ने बौनिया जेसीज वर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझाले जानकारी दिए ।

दिप प्रज्वलन प्रज्वलन कार्यक्रममा बौनिया जेसीजका संस्थापक अध्यक्ष जेसी लिलाराज शाही, पुर्व जेसीजका अध्यक्षहरु, स्थानीय तहका जनप्रतिनिधि, वर्ष २०२२ का पदाधिकारी, बुद्धिजीवी , समाजसेवी लगाएतका व्यक्तिको सहभागिता रहने भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार