बर्दगोरियामा विपद व्यवस्थापन समितीको बैठक, वास्तविक पिडितको पहिचान गरि राहत उपलब्ध गराईने

पदम राज ओझा
१, असोज २०७९ कैलाली । दुई दिन देखि लगातार परिरहेको अविरल वर्षाका कारण कैलालीको बर्दगोरिया गाउपालिकाका विभिन्न स्थान डुबानमा परे पछि जनतालाई समस्या नहोस र वास्तविक पिडितलाई राहत पुगोस भन्ने उद्देश्यले बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण कुँवरले विपद व्यवस्थापन समितिको बैठक बोलाएका छन ।

बिहान देखि गाउपालिका अध्यक्ष कर्ण कुँवरले बाढी बाट प्रभावित विभिन्न वडामा अनुगमन समेत गरेका छन । वर्षात बाट प्रभावित बर्दगोरिया गाउपालिका वडा नम्बर ५ र ६ का राजिपुर,छराही जगतपुर, बिशालनगरमा अनुगमन गर्दै समस्या समाधानका लागी विपद व्यवस्थापन समितिको बैठक बोलाएको बताए ।

बैठकमा उपाध्यक्ष गणेश राज गिरि सहित ६ वटै वडाले आ आफ्नो वडाका स्थानियको घरहरुमा पसेको पानीले प्रभावित पारेका घरहरुको विवरण लिएर आएका थिए । अध्यक्ष कुँवरले विवरण भन्दा पनि वास्तविक पिडितले राहत पाउन भन्ने उद्देश्यले विपद व्यवस्थापन समिती सदस्य सचीव भुमी शर्मा रिमाल, सम्बन्धित वडाको वडा अध्यक्ष , ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक महेश बिक्रम शाही ,सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक गजेन्द्र चन्द र २ जना पत्रकार सहित स्थलगत निरीक्षण गरि वास्तविक पीडित पहिचान गर्न निर्देशन दिए । जस अनुसार अनुगमन टोलिले आज १,२,३ र ४ वडा मा अनुगमन गर्दा खासै समस्या तथा क्षती नभएको औल्याएको छ । वडा नम्बर ४ को एक घर बाहेक अन्यको घरमा क्षती नभएको र वडा नम्बर २ को सन्तोषि टोलमा नाला नहुदा बजारको समेत पानी जादा समस्या देखिएको छ । यसै गरि वडा नम्बर ३ म समेत पानीको निकास नहुदा समस्या देखिएको छ । पानी निकास भए समस्या नहुने वडा अध्यक्ष मनऋषी आचार्यले बताए । यसै गरि वडा नम्बर ४ मा राजेन्द्र शाहिको घरमा पहिरोले क्षती गरेको स्थगत निरीक्षणमा गएका वडा अध्यक्ष जगत बहादुर शाहि सहितको टोलिले औल्याएको छ। यसै गरि वडा नम्बर ५ र ६ मा वडा अध्यक्षहरुले बताए अनुसार भोलि अनुगमन गरिने सदस्य सचीव भुमी शर्मा रिमालले बताए । वडा नम्बर ५ मा करिब ४०/५० घरमा आंशिक क्षती गरेको वडा अध्यक्ष भोलेराम चौधरिले बताए पनि वास्तवममा कति घरमा क्षती भएको छ भोलि अनुगमन टोलिले विवरण बाहिर ल्याउने छ । । यसै गरि वडा नम्बर ६ मा पनि करिब ४०/५० घरमा आंशिक क्षती गरेको वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले बताए । वडा नम्बर ६ को एक घरमा पशु चौपाया मरेको र तीन वटा माछा पोखरी बाट माछाहरु बगेको वडा अध्यक्ष चौधरिले बताए ।

वर्षापछि आएको वाढीका कारण वडा नम्बर १ कट्टीपुरमा काडा सामुदायिक बनमा लगाईएका सिसमका रुखहरु सगै जमिन समेत काटेको छ ।

पानी पसेका घरहरुका बारेमा निरीक्षण टोलिले दिएको जानकारी र विवरण अनुसार पिडितालाई राहत उपलब्ध गराउने अध्यक्ष कुँवरले बताए ।

साथै बाटो अबरुद्ध भएको घैला नाला र बास्कोटी जोड्ने कल्भर्टम पटानी गर्न निर्देशन समेत दिएका छन

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार