१६ औं विश्व रेबिज दिवसमा कुकुर बिरालामा निशुल्क भ्याक्सिन
८ असोज २०७९ मसुरिया (कैलाली) । कैलाली, गौरीगंगा नगरपालिकामा १६ औं विश्व रेबिज दिवस २०७९ को सप्ताह व्यापी कार्यक्रम मनाइएको छ । "एक स्वास्थ्यको अवलम्बन रेबिजबाट शुन्य निधन" भन्ने मुल नाराका साथ नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन ( नेभ्ला ) कैलालीको आयोजनामा गौरीगंगा नपा वडा नं ९ बाट १६ औं विश्व रेबिज दिवस २०७९ को सप्ताह व्यापी कार्यक्रम गरिएको थियो । नेभ्ला कैलालीका अध्यक्ष बिमल जाेगीकाे अध्यक्षतामा भएको कार्यक्रममा गाैरीगंगा न.पा. वडा नं ९ का अध्यक्ष राजकुमार थारुको प्रमुख आतिथ्य तथा पशुसेवा शाखाका अधिकृत दिपेन्द्र परियारको उपस्थितिमा सामाजिक र घर पालुवा कुकुर बिरालामा नि:शुल्क खाेप लगाएर कार्यक्रम सुभारम्भ गरिएको…

















