महिला उद्यमशिलता विकास सम्बन्धि ३ दिने तालिम बर्दगोरियामा सम्पन्न

३, असोज २०७९
बर्दगोरिया कैलाली । कैलाली बर्दगोरियामा स्थानीय स्तरमा गठित समुहका महिला सदस्यहरूलाई उद्यमशिलता विकास सम्बन्धि तीन दिने तालिमको समापन गरिएको छ ।

दलित महिला संघ (fedo) कैलालीको आयोजना र foundation just society (fjs) को सहयोगमा संचालन भएको उक्त तालिमको सोमबार एक कार्यक्रमका बीच तालीमको समापन गरिएको हो ।

“समग्र विकासको अनुरोध, जातीय तथा लैङ्गिक विभेद” भन्ने मुल नारा सहित शुरु भएको उक्त तीन दिने तालीमको प्रशिक्षण देवेन्द्र अधिकारीले गरेका हुन  ।

कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै तालीम सिकेका कुरा व्यवहारीक रुपमा उतार्न अनुरोध गरे। यश भन्दा पहिले नि विभिन्न संघ संस्थाले तालिम दिदै आएको भएपनि त्यसलाई व्यवहारीक रुपमा उतारेको देख्न नपाएको भन्दै दुखेसो पोखे । तर यो तालिम बाट सिकाका कुरा व्यवहारमा उतार्न अनुरोध गर्दै। आफुहरुले पालिकाको तर्फ बाट दिनु पर्ने सहयोग दिन कुनै पनि तरिकाले पछि नपर्ने प्रतिवद्वता गरे  ।

उक्त ३ दिने तालिममा सहभागी महिला हरुलाइ कृषि भनेको के हो? भन्ने कुराको वास्तविक कुरा आफुहरुले बुझेको सहभागी महिला राज्य टमट्टाले बताइन । आफुले  यश अधि गर्दै आएको कृषि व्यवहारिक रुपमा गर्दै आएको बताइन । तालिमले कृषि भनेको के हो ? यसलाई कसरी पेशागत रुपमा गर्ने भन्ने कुराको प्रष्ट जानकारी भएको बताइन । सोही क्रममा उनले जोडिन आफुहरुले सिकेको सीप व्यवहारमा उतारेमा पुरुषको भर नपर्नु पर्ने बताइन् ।

फेडोका कैलाली जिल्ला सदस्य सीता बिश्वकर्मा को सभापतित्वमा समापन कार्यक्रम भएको थियो ।
उनले कार्यक्रमको समापन गर्दै तीन दिने तालीममा सिकेका कुरा लाई व्यवहारमा उतार्न अनुरोध गरिन । तालिम भनेको जनताहरुको आँखा खोल्ने बाटो मात्र भएको हुँदा । अब आँखा बन्द नगरी तालिम बाट सिकेका कुरा आफ्नो क्षमता अनुसार व्यवहारमा उतार्दै अन्य व्यक्तिलाई पनि सिकाउन अनुरोध गरिन ।

समापन कार्यक्रमको संचालन दलित महिला संघ फेडो कैलालीका बिनोद घिमिरेले गरेका थिए।

कार्यक्रममा गर्दगोरिया गाउपालिकाका करिव ३० जना महिलाको सहभागिता रहेको थियो।

कार्यक्रम असोज १ गते देखि ३ गते सम्म गरि तीन दिन सम्म संचालन भएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार