राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बर्दगोरियाका चार विद्यालय छनोट

३१, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कैलालीको बर्दगोरिया गाउँपालिका ४ विद्यालय छनोटमा परेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार बर्दगोरिया गाउँपालिका चार विद्यालयमा छनोट परेका हुन ।
छनोटमा विद्यालयहरुमा कालिका मा.वि नौनियाँ, मोतिभागरति आ.वि कुम्भीया, जगदम्भीके मा.वि खैरेनी र श्री मा.वि कोटातुल्सी परेका हुन ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका तीन हजार चार सय ७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् ।

कार्यक्रम सञ्चालन तथा कार्यान्वयनसम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तीय हस्तान्तरण हुने क्रममा रहेको केन्द्रले जनाएको छ । यस कार्यक्रमका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत रु आठ अर्ब ८८ करोड छुट्याएको थियो ।

बर्दगोरियाका छनोटमा परेका विद्यालयको लिस्ट

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार