काठमाडौं । आज असोज ३ गते अर्थात संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट २०७२ असोज ३ गते आजैका दिन संविधान जारी भएको थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।
आज संविधान दिवसको देशभर विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।
संविधान दिवसका अवसरमा आज सोमबार सरकारले सार्वजनिक विदा हरेक वर्ष सार्वजनिक विदा दिने गरेको छ ।
संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसदको कार्यकाल पनि शनिबार मध्यराति सकिसकेको छ । आगामी ४ मंसिरमा