अविरल वर्षाका कारण कैलालीको बर्दगोरिया गाउपालिकाका विभिन्न स्थान डुबानमा (फोटोफिचर)

१, असोज २०७९ बर्दगोरिया (कैलाली) । दुई दिन देखि परिरहेको अविरल वर्षाका कारण कैलालीको बर्दगोरिया गाउपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् । पानीका कारण बर्दगोरिया गाउपालिका वडा नम्बर ६ बिशालनगरका १ दर्जन बढी घरमा पानी पसेको छ ।

पानी पसेको घरहरुमा ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक महेश बिक्रम शाही र गाउपालिका उपाध्यक्ष गणेश राज गिरिले अनुगमन गरेका छन । बिगत २ दिन देखि परेको अविरल बर्षाले गाउपालिका भित्रका विभिन्न ठाउँहरु डुबानमा परेका हुन । अविरल बर्षाले मुख्यत पुर्वपश्चिम् राजमार्गको उत्तर र दक्षीण पट्टिको भाग डुबानमा परेका छन् । त्यस्तै सबै वडाहरुमा सामान्य रुपमा घर डुवानमा परेका छन् । पानीको निकास नहुदा वडा नम्बर १ का विभिन्न पसलहरुमा पानी पसेक थियो । बसन्त मुरारी बिधालय जाने बाटो खडक साउदको इलेक्ट्रोनिक पसल र छेउछाउका अन्य पसलमा समेत पानी पसेको हो ।

वर्षापछि आएको वाढीका कारण वडा नम्बर १ कट्टीपुर म समेत नदिले स्थानियको जग्गा बगरमा परिणत गर्न थालेको छ । सडक बनाउदा पानी निकासको लागी नालीको ब्यबस्थापन नहुदा पानीको निकास बन्द भई केही बस्तिहरु डुबानमा परेको हो । सामान्य पानी पर्दा पनि सधै डुबान हुने क्षेत्रमा सामान्य निकास दिन नसकेकोमा डुबान क्षेत्रका स्थानिय निराश बनेका छन् ।

आफूहरुले पानीको निकासाका लागि पटक पटक सरकार संग समस्या दर्शाउदा समेत कुनै सुनुवाइ नभएको स्थानीय बासीले बताएका छन् । नदिमा तटबन्धन नहुदा कान्द्रा नदि, कुईरा नदिले बर्षीनी खेतीयोग्य जमिन कटान गर्दै आएको स्थानियको गुनासो छ । यसै गरि वडा नम्बर ६ बिशालनगरका एक दर्जन बढी घरमा पानी पसेर अन्न ,लत्ता कपडा सबै भिझाएको छ । स्थानिय सेतु लुहारको घर र गोठमा पानी पस्दा गाईको सानो बाछो समेत मरेको छ ।

साथै धान,चामल,लत्ता कपडा र फृज समेत बिगारेको सेतुले बताईन । यसै गरि सोही स्थानका सबै घरमा पानी पसेर अन्न बाली नस्ट गरेको अनुगमनमा गएका गाउपालिका उपाध्यक्ष गणेश राज गिरिले बताए । विशालनगरका चक्र बि क, लक्ष्मी सुनार, गोपाल सुनार, रग्गु भुल,काली भुल , झुप्री कामी , नरपता बिक ,तारा भुल , नकुल लोहार र गोपाल भुल को घरमा पानी पसेर खाद्यान्न सबै भिजाएको छ ।

ती मध्य ४/५ घरमा धेरै समस्या भएको उपाध्यक्ष गिरिले बताए । पानी पसेर ती घरमा बस्न नसकिने अवस्था रहेको उपाध्यक्ष गिरिले बताए । साथै बास्कोटी जाने कल्भर्ट समेत अवरुद्ध भएको छ । मोटरसाइकल जाने अवस्था छैन ,पैदल हिन्दा समेत डराएर हिड्नु पर्ने अवस्था रहेको स्थानिय ध्वज सुनारले बताए । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार