७ औं संविधान दिवस बर्दगोरियामा दिप प्रज्वलन गरि मनाइयो

बर्दगोरिया (कैलाली) । ७ औं संविधान दिवस कैलालीको बर्दगोरिया गाउँपालिकामा पनि दिप प्रज्वलन गरि मनाइएको छ ।

पालिकाको मुख्य बजार सडकपुर बौनिया चौराहामा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले दिप प्रज्वलन गरि मनाइएको हो ।

दिप प्रज्वलन कार्यक्रममा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरु, पालिकाका कर्मचारी, व्यापारी, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरु लगाएतका व्यक्तको सहभागिता रहेको थियो ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले २०७२ साल असोज ३ गते आजैकै दिन देशमा गणतन्त्र पछिको संविधान जारी भएको हुँदा उक्त दिनलाई स्मरण गर्दै खुसियाली स्वरुप दिप प्रज्वलन गरि दिवस मानवको बताए । यो संविधान हजारौं नेपालीले दिएको बलिदान पछि आएको बताउदै यस संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताए । सोही क्रममा संविधान  दिवसको अवसरमा बर्दगोरिया गाउँ वासिहरुमा समेत शुभकामना व्यक्त गरेका थिए ।

यस्तै उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) निकट भातृ संघठन  योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल बर्दगाेरिया गाउँ  कमिटीले पनि अफ्नो एकेबद्धता जनाउदै ७ औं संविधान दिवस मनाएको थियो । 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार