बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गिरीले सार्वजनिक गरे आफ्नो कार्यप्रगति

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गणेश राज गिरीले निर्वाचन भएको ४ महिनाको अवधिमा न्यायिक समिती मार्फत आफुले गरेका कार्यको कार्यप्रगति सार्वजनिक गरेका छन् ।

गत वैशाख ३०, गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कार्यभार सम्हालेको ४ महिना पुरा भएपछि गिरीले न्यायिक समिती मार्फत आफुले गरेका कार्यको कार्यप्रगति सार्वजनिक गरेका हुन ।

उक्त चार महिनाको अवधिमा समितिमा ९ वटा मुद्धाहरु दर्ता भएका छन । जसमा लेनदेन सम्बन्धी ५, जग्गा सम्बन्धी २, ज्याला मजदुरी सम्बन्धी १, गाली बेज्जती सम्बन्धी १ वटा मुद्धाहरु दर्ता भएका हुन । उक्त ९ वटा मुद्धा मध्ये ६ वटा मुद्धाको मेलमिलापद्धारा समाधान गरि सक्दा ३ वटा मुद्धा भने समाधानको प्रक्रियामा रहेको बताए ।

यस्तै गत आर्थिक वर्ष २०७८÷०७९ को बाकीँ रहेका जग्गा सम्बन्धी १, श्रीमान श्रीमती सम्बन्धी १ र आरोप प्रत्यारोप सम्बन्धी १ गरि बाँकी रहेका उक्त ३ वटा मुद्धाको पनी मेलमिलापद्धारा मिलापत्र गरि समाधान गरेको बताए ।

हाल सम्म सबै भन्दा वढी लेनदेन सम्बन्धीका मुद्धा आउने गरेको पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गिरीले बताए । उक्त मुद्धालाई फेरी नदोहरीने गरि मेलमिलापद्धारा मिलापत्र गरि समाधान गर्दै पठाउने गरेको बताए । आफुले कसैलाई पनी अन्याय हनुने गरि न्यायपूर्ण तरिकाले मुद्धाको मेलमिलापद्धारा मिलापत्र गरि समाधान गरेको बताए ।

सोहि क्रममा उनले भने न्यायिक समितीले सबैका गुनासो र त्यसको समाधानका लागि न्यायोचित तरिकाले काम गरेको छ । यस्तै महिलाहरुले उनिहरुका केहि समस्या आफु समक्ष राख्न नसक्ने हुँदा त्यसको लागि समितिमा छुट्टै महिलाको व्यवस्थापन गरेको बताए । ति महिलाहरुले आफ्ना समस्याहरु त्यहाँ राख्न सक्ने र ति समस्याको न्यायोचित तरिकाले न्यायिक समितिले समाधान गर्ने बताए ।

यस्तै उपाध्यक्ष गिरीले भने–आफु अनुगमन शाखाको समेत संयोजक भएकोले यस पालिकामा निमार्ण भइरहेका विकास निमार्णका कार्यको समेत कानुनि प्रावधान अनुसार अनुगमन गर्दै आएको बताए ।

नेपालको संविधानको भाग १७ को धारा २१७ मा देहायबमोजिमको कानुन बमोजिम आफ्नो अधिकार क्षेत्र भित्रका विवाद निरूपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा गठन हुने ३(तीन) सदस्यीय समिति नै न्यायिक समिति हो ।

यस्तै बर्दगोरीया गाउँपालिकाको न्यायिक समितिमा उपाध्यक्ष गणेश राज गिरी रहेका छन । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमिन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुङ्गो लगाउने गर्दछ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार