बर्दगोरिया–६ मा अपाङ्गता परिचय पत्र वितरण

७ असोज २०७९ कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
शुत्रबार पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गणेश राज गिरीले वडाका अपाङ्गता भएका व्यक्तिको घरदैलोमा नै गएर परिचय पत्र वितरण गरेका हुन ।

यस्तै अपाङ्गता परिचय पत्र वितरण कार्यक्रममा पालिका अध्यक्ष कर्ण बहादुर कुँवर, प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सिह कार्कि, वडा नम्बर ६ का वडा अध्यक्ष राम कृष्ण डगौरा थारु, स्वास्थ्य शाखा प्रमुख निर्प बहादुर बिष्ट, महिला तथा बालबिकास साखा प्रमुख पानमति राना लगाएतका व्यक्ति हरुको सहभागि रहेको थियो ।

कार्यक्रममा वडाका १२ जना अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण गरिएको महिला शाखा प्रमुख पानमति रानाले जानकारी दिइन ।

सो अवसरमा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कँुवरले हामी सँग कुरा गर्दै पालिकाले अपाङ्गता परिचय पत्र वितरण कार्यलाई तिव्रता दिएको बताए । पालिकाका सम्पूर्ण अपाङ्गता भएका व्यक्तिलाई उनिहरुको घरदैलोमा आएर अपाङ्गता परिचय पत्र वितरण गरिएको बताए ।

यस्तै पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गणेश राज गिरीले आफु अपाङ्ग शाखाको संयोजक भएको हुँदा पालिका भरका कोहि पनि व्यक्ति अपाङ्गता परिचय पत्र पाउन बाट बन्चीत नहुन भन्दै वडा तथा घरघरमा आफु स्वयम उपस्थीत भइ परिचय पत्र वितरण गरेको बताए ।

अपाङ्गता भएका व्यक्तिहरुलाई पालिका सम्म आउन समस्या हुने हुँदा उक्त उनीहरुलाई वडा तथा घरघरमा आफुहरु गइ परिचय पत्र वितरण गरेको बताए ।

जसमा पुर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई रातो रंगको परिचयपत्र पाउँदा, अति अशक्त अपाङ्गता भएकोले निलो रंगको परिचयपत्र पाएका हुन भने, मध्यम अशक्त अपाङ्गता भएकोले पहेंलो रंगको परिचयपत्र र सामान्य अपाङ्गता भएकाले सेतो रंगको परिचयपत्र पाउका हुन ।

 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार