बर्दगोरिया–५ मा असोज ८ गते निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन हुँदै

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकामा असोज ८ गते निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन हुने भएको छ ।

पालिकाको वडा नम्बर ५ को आयोजनामा असोज ८ गते शनिबार एक दिन नाक, कान, घाँटी रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्न लागेको हो ।

बर्दगोरिया अस्पताल प्रा.लि.को सहयोगमा उक्त नाक, कान, घाँटी रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन लागेको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीले जानकारी दिए ।

उनका अनुसार वडा भित्रका नागरिकको स्वास्थ्य लाई मध्यनजर गर्दै उक्त निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्न लागेको बताए ।

स्वास्थ्य परिक्षण शिविरमा औषधीमा ७ प्रतिशत र अप्रेशन गर्नु पर्ने विरामीका लागि अप्रेशनमा १० प्रतिशत रकम छुट गर्ने बताए ।

उक्त दिन बरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा.सुमित थापाले स्वास्थ्य परिक्षण गर्ने अध्यक्ष चौधरीले जनाकारी दिए ।

शिविर वडा नम्बर ५ को कार्यालय कोइलीभुरुवा मा संचालन हुने भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार