बर्दगोरिया–५ मा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न

८, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । पालिकाको वडा नम्बर ५ को आयोजनामा शनिबार उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

शिविरको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गर्नुभएको छ । सो क्रममा उहाँले नागरिकलाई घरदैलो मै सेवा पुर्याउनु स्थानीय सरकारको दायित्व भएको हुँदा सेवालिन आग्रह गर्नुभयो ।

शिविरमा नाक, कान, घाँटी रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण गरिनेछ । जसको लागि विशेषज्ञ डा.सुमित थापा लगाएतको टोलिले स्वास्थ्य परिक्षण गरिरहेको छ । स्वास्थ्य परिक्षण शिविरमा औषधीमा ७ प्रतिशत र अप्रेशन गर्नु पर्ने विरामीका लागि अप्रेशनमा १० प्रतिशत रकम छुट हुनेछ ।

बर्दगोरिया अस्पताल प्रा.लि.को सहयोगमा उक्त नाक, कान, घाँटी रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीले जानकारीले बताउनुभयो । उहाँका अनुसार नागरिकको स्वास्थ्य लाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार