कक्षा ११ र १२ मा पढाउने शिक्षकलाई स्थायी गर्न माग
२४, भाद्र २०७९ काठमाडौं । उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ। सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन लागेका सन्दर्भमा उनीहरूले राज्यले उक्त तहमा हालसम्म पर्याप्त दरबन्दी नदिई तथा स्थायी नगराई वर्षौंदेखि कार्यरत शिक्षकलाई विभेद र पक्षपातपूर्ण व्यवहार गरेको युनियनले गुनासो गरेको छ। सङ्घीय शिक्षा ऐन आएपछि कक्षा ९ देखि १२ सम्म माध्यमिक तहका रूपमा कानूनी मान्यता हुने भएकाले युनियन त्रसित भएको छ। युनियनका अध्यक्ष दीपकराज सुवेदीले आफूहरुको रोजगारीको सुरक्षा र सुनिश्चितताका लागि कुनै पहल नभए त्यस अवस्थामा कडा आन्दोलन…