बल दिवसको दिन मात्र होईन, सधै बाल आधिकारको हकमा बोलौंः अध्यक्ष कुँवर

२९, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । आज ५८ औं राष्ट्रिय बाल दिवस कैलालीको बर्दगोरिया गाउँपालिकामा पनि भव्य रुपामा मनाइएको छ ।

“बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नारासहित बर्दगोरिया गाउँपालिकामा पनि ५८ औं राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाइएको हो ।

बर्दगोरिया गाउँपालिका स्तरीय बाल सञ्जालको आयोजनामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम बोल्दै प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष कुँवरले बाल दिवस दिनमा मात्र दिवस मनाएर बाल अधिकारको सुरक्षा नहुने बताए । वर्षमा ३ सय ६५ दिन हुन्छन त्यसमा हामीले एक दिन मात्र बाल दिवस मनाउछौ । त्यो दिन मात्र बाल अधिकारको विभिन्न नारा लगाउदै बोल्ने गर्छौ । अन्य दिन भने दैनिक रुपमा विभिन्न क्षेत्र बाट बालबालिका लाई उनीहरुको अधिकार बाट बन्चित गर्दै गरेको बताए । त्यस कारण बाल दिवसमा बालबालिकाको हकमा बोलेको जस्तै त्यो कुरा व्यवहारमा उतार्नु पर्ने कुरामा सबले ध्यान दिनु पर्ने बताए ।

सोही क्रममा उनले भने – बालबालिका लाई उनीहरुको अधिकार बाट बन्चित गर्नु भनेको राज्यको नजर बाट दोषी हुने हुँदा यस्ता कार्य नगर्न समेत अनुरोध गरे । यहाँ बालबालिका आफ्नो अधिकारबाट विशेष गरि घरबाटै बन्चित हुने गरेको बताए । उनले जोडे अभिभावकले छोराछोरी भनी भेदभाव गर्ने प्रविधि पनि बाल अधिकारको हन्न गर्नु हो । त्यसैले बालबालिका बिच कुनै पनि प्रकारको विभेद पुर्ण व्यवहार नगरी उनीहरुलाई कुनै पनि प्रकारको बाल अधिकार हन्न नहुने कार्य गर्न समेत जोड दिए ।
यस्तै आफुले निर्वाचनका बेला बोलेको बाचा अनुसार शिक्षा क्षेत्र पनि रहेकोले पालिकाका सम्पुर्ण बालबालिकालाई प्रत्येक्ष रुपमा शिक्षा जोड्ने बताए । प्रत्येक बालबालिकालाई प्रत्येक्ष रुपमा शिक्षामा जोड्न कक्षा १० सम्म निशुल्क तथा गुणस्तरीय शिक्षा जोड दिएको बताए । आर्थिक अभावका कुनै पनि बालबालिकालाई शिक्षाबाट बन्चित नगराउने समेत बताए ।

सोहि अवसमा शिक्षा क्षेत्र सँगै खेलकुद तथा सांगितीक क्षेत्रलाई समेत जोड दिने बताए । सोहि अनुसार आज उक्त कार्यक्रममा नृत्य तथा गायन प्रतियोगिताको समेत आयोजना गरेको थियो । प्रतियोगितामा नृत्ये तर्फ मार्गदर्शन एकेडेमीकाले प्रथम स्थान हासिल गर्दा क्रमशः नव बालबाटी विद्या मन्दीर दोस्रो र श्री वसन्त मुरारी नमुना मावि ले तेस्रो स्थान हासिल गरेको हो ।

यस्तै गायन तर्फ बसन्त मुरारी नमुना मा.वि.का आयुष परियार प्रथम हुँदा महुन्याल मा.वि की अनिषा परियार दोसा्रे र बाल कन्या मा.वि. की सुचित्रा बि.क ले तेस्रो स्थान हासिल गरेकी हुन । प्रतियो गिताको निर्णयक मण्डलमा चर्चित गायक भरत ताम्राकार, मोडेल विर बहादुर चौधरी र चर्चित नृत्य प्रशिक्षक तथा निर्देशक हितेश ताम्राकार रहेका थिए ।

बर्दगोरिया गाउँपालिका स्तरीय बाल सञ्जालका अध्यक्ष बसन्त राज जैशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम श्री महुन्याल मा.विको प्राङ्गणमा सम्पन्न भएको हो । 

 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार