लम्की सांगितीक महोत्सवको बिहिबार नगर प्रमुख शाहीले उद्घाटन गर्ने

२९, भाद्र २०७९ कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा हुन लागेको लम्की सांगितीक महोत्सवको भोलि एक कार्यक्रमका विच नगर प्रमुख सुशीला शाहीले उद्घाटन गरे भएकी छन ।

लम्की एफ.एम.को आयोजनामा यहि भाद्र ३० गते भोदि देखि असोज ९ गते सम्म हुन लागेको टउक्त लम्की सांगितीक महोत्सव २०७९ को सम उद्घाटन नगर प्रमुख सुशीला शाहीले गर्ने भएको महोत्सवका प्रचारप्रसार समिति संयोजक हरेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार भोलि उद्घाटन कार्यक्रममा स्थानिय कलाकारको प्रस्तुति रहने छ ।

हाईबे मिडिया प्रा.लि. द्धारा सञ्चालित लम्की एफ.एम. ९२.१ मेघाहर्जको आयोजनामा उक्त महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सव छिमेकी पालीका बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरको सहयोगार्थ महोत्सव गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा यस क्षेत्रका सांस्कृति भेषभुसा झल्कीने स्थानिय कलासंस्कृतिको पर्दशन गरिनुका साथै ब्यापारीक, ब्यावसायिक र कृर्षि स्टल समेत रहने बताएको छ ।

महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने प्रचारप्रसार समिति संयोजक चौधरीले जानकारी दिए । उनकाअनुसार महोत्सवमा बाल उद्दान, रमाइलो मेला पार्क, थारु गाउँ (स्पेसल थारु) परिकार समेत राखिनेछ ।

महोत्सवबाट उठेको आम्दानीले हाइवे मिडिया प्रालिद्वारा संचालित लम्की एफ.एम.को विकासका साथै लम्कीमा ढल निकासको क्षेत्रमा सहयोग गरिने छ ।

यसैगरी महोत्सवबाट बर्दगोरिया २ मा संचालित सहारा घरको सहयोगका लागि प्रति टीकट बाट ५ रुपैयाँ छुट्याइने छ । महोत्सबमा करिब २५ लाख रुपैयाँ खर्च र सोही अनुसारको आम्दानी रहने अनुमान आयोजकको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार