माओवादी आन्दोलनले गर्दा आज सबैले स्वतन्त्रता पाएका हुनः पवित्रा गिरी

३०, भाद्र २०७९ कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) का लागि नेकपा (माओवादी केन्द्र) ले युवा नेतृ पवित्रा गिरिको नाम सिफारिस गरेको छ ।

पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) का लागि प्रत्यक्ष तर्फबाट प्रदेश सभा सदस्यमा युवा नेतृ गिरीको नाम सिफारिस गरेको हो ।

गिरी लामो समय देखी कम्यूनिस्ट आन्दोलनमा सक्रिय भुमिकामा रहेकी छन । उनी भुमिगत हुँदै करिब दुई दशक भन्दा लामो समय माओवादी आन्दोलनमा रहि काम गर्दै आएकी हुन ।

गिरी २०५७ साल देखि पार्टीमा आवद्ध हुर्दै विभिन्न भुमिकामा रहेर काम गरेकी एक निडर साहसी महिला नेतृ हुन । २०५८ सालमा भुमिगत हुँदै इलाका एरिया जिल्ला सदस्यको रुपमा निस्वार्थ पूर्ण आफ्नो भुमिका निर्वाह गरेकी हुन । हाल उनी सुदुरपश्चिम प्रदेश कमिटी सदस्य हुन ।

सान्ती प्रक्रिया पछि थुप्रै सामाजिक कार्यमा सहभागि हुँदै पार्टी फुट्दा समेत नडगमगायर पार्टीको निर्देशन अनुसार आफ्नो नेतृत्व समालेकी थिइन ।

माओवादी आन्दोलनमा रहि पार्टीको हितमा र पार्टीको नियम अनुसार विभिन्न सामाजिक कार्यमा समेत गिरी आवद्ध रहेकी छन । पार्टीको निति निर्देशन अनुसार उनी सम्रग पिछडीएका वर्ग, समुदाय, अन्यायमा परेका व्यक्ति समुदायको हितमा रहि सामाजिक कार्यमा आवद्ध रहदै आएकी छन । सामाजिक कार्यमा आवद्धका क्रममा उनले अन्यायमा परेका लाई न्याय दिलाउन एक महत्वपूर्ण भुमिका खेलेको पाइन्छ । यस्तै पिछडीएका वर्ग, समुदायको अवाजलाई बुलन्द गराउन विभिन्न ठाउँमा आफ्नो आवाज उठाउँदै उनीहरुको पक्षमा निडरता पूर्वक नेतृत्व सम्हालेकि छन ।

जस अनुसार पार्टीले उनको मूल्यांकन गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) का लागि प्रत्यक्ष तर्फबाट प्रदेश सभा सदस्यका लागि नाम सिफारिस गरेको हो ।

उनी लगाएत पार्टीले अन्य चार जनाको नाम पनि सिफारिस गरेकोे छ । गिरी नेकपा (माओवादी केन्द्र) पार्टीमा सक्रिय राजनितीक जीवन व्यतित गरेकि नेतृका रुपमा चिनिन्छन ।

उनी पार्टीको राजनिति सँगै सामाजिक कार्यमा पनि सक्रिय भुमिकामा रहेकी छन । गिरी सामाजिक कार्यमा पनि सक्रिय भएकै कारण उनी समाजमा एक प्रिय तथा विश्वासीलो पात्रका रुपमा चिनिन्छ । उनी युवा तथा महिलाहरु माझ पनि लोक प्रीय युवा नेतृका रुपमा पनि परिचित छन ।

गिरी विशेष गरि पिछडिएका वर्ग समुदाय, महिला, बालबालिकाको हक, अधिकारको विषयमा केन्द्रित रहि न्यायका पक्षमा निडरता पूर्ण उभिने गर्छिन ।

न्यायका निम्ति सधै निडरता पूर्ण नेतृत्वमा रहने गिरी हाल कृषि पेशामा समेत आवद्ध रहेकी छ्न । गिरी बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा आफ्नो कृषि कार्यलाई निरन्तरता दिदै आएकी छन । कृषि कार्यमा आवद्ध भएको भएपनि अझै पनि पार्टीको निर्देशन अनुसार हरेक पार्टीका क्रियाकलापमा सक्रिय रुपमा आफ्नो भुमिका निर्वाह गर्दै आएकी छन ।

उनले नौलो प्रेस सँग कुरा गर्दै -पार्टीले कसैमाथि अन्यान नगरेको बताइन । जस अनुसार पार्टीले आफ्नो कार्यलाई पनि मूल्यांकन गरी नाम सिफारिस गरेको भन्दै धन्यवाद दिएकी छन । पार्टीको तल्लो कमिटीले आफ्नो मूल्यांकन गरी नाम सिफारिस गरेको छ, अब टिकट कस्ले पाउँछ भन्ने मात्र हो । पार्टीले जस्लाई टिकट दिए पनि आफ्नो कुनै गुनासो नरहने बताईन । यदि आफुले टिकट पाएको हकमा भने जनताको आशा तथा त्यस क्षेत्रको आवश्यक्ता अनुसार अगाडि बढ्ने बताइन ।

यस क्षेत्रको आवश्क्ताको बारे जानकार रहेको बताउदै जनताको प्रत्यक्ष रुपमा गाउँ–गाउँमा गई त्यहाको आवश्यकता अनुसार अगाडि बढ्ने बताइन । आफु र आफ्नो पार्टी सधै गरीब, निमुखा, पिछडिएका वर्गको अधिकारको लागि लडने गरेको बताइन । माओवादी आन्दोलनले गर्दै आज सबैले स्वतन्त्रता पाएको र जनताले पनि यसको मूल्यांकन गर्नुपर्छ । कहीँ कतै केही व्यक्तिले आफ्नो स्वार्थमा लिप्त भएको पाएमा त्यसलाई उसको जिम्मेवारी के हो ? भन्ने कुराको स्मरण गराउने जिम्मा भने जनताको नै हुने बताईन । त्यसैले जनताले यस्ता व्यक्तिलाई उनीहरुको जिम्मेवारी स्मरण गराई देश विकासको कार्यलाई साथ दिनु पर्ने बताइन।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार