बर्दगोरियामा ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरु

२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिकामा लाम्खुट्टेका लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरिएको छ ।

पालिकामा डेंगुको संक्रमण हुन नदिन बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेको हो । पालिकाले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न अभियान चलाएको हो ।

शाखाले पालिकाका ६ वटै वडामा लाम्खुट्टेका ‘लार्भा खोज र नष्ट गर’ अभियान संचालन हुने बर्दगोरिया स्वास्थ्य शाखा प्रमुख निर्प बिष्टले जानकारी दिए।

उनले भने पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न दिन नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामुलक अभियान अगाडी बढाइएको बताए । ‘सबै वडाका महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वास्थ्यकर्मीलाई तालिम दिएका छौं ।

यस्तै दोदोधरा स्वास्थ्य चौकीका प्रमुक कृष्ण देव जोशीले डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको बताए । उनले भने अहिले हामी सडकपुर बौनिया बजार बाट लामखुट्टेका “लार्भा खोज र नष्ट गर” अभियान सुरू गरेको छौ ।

यसरी नै हामीले बजार तथा गाउँ गाउँमा गई अभियान चलाउने बताए । उनले भने ‘घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेंगुका लार्भा छन् । त्यसैले घरमा रहेका गमला, पानी जम्मे खाल्डाखुल्डी, घरवरपर सरसफाई  विशेष जोड दिनुपर्ने बताए ।

डेँङ्गो नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानी, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सुझाव दिइएकोे छ ।

डेँङ्गुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम गरिएको छ । सामान्य जानकारी नहुँदा डेँङ्गु फैलिरहेकाले यसलाई नियन्त्रण गर्न लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको बताए ।

विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा यसले फूल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको छ ।

विशेषगरी साँझ-बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेँङ्गुको सङ्क्रमण फैलिने गर्छ । नेपालमा सन् २००४ मा पहिलो पटक डेँङ्गुको बिरामी फेला परेको थियो । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर , घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेँङ्गुका लक्षण हुन् । जटिल प्रकृतिको डेँङ्गुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखा पर्छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार