बर्दगोरियामा अपाङ्गता समन्वय समितिकाे बैठक सम्पन्न

२६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । बर्दगाेरिया गाउपालिका उपाध्यक्ष एवम् अपाङ्गता समन्वय समितिका संयाेजक गणेश राज गिरीकाे अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।

आइतबार अपाङ्गता समन्वय समितिकाे कार्यलयमा भएको बैठकले गाउपालिकाकाे विभिन्न वडा बाट अपाङ्ग परिचयपत्र मागका लागि प्राप्त निबेदन माथि छानबिन गरि अपाङ्गताकाे स्तर अनुसार काे परिचयपत्र दिने निर्णय गरेको महिला तथा बालबिकास साखा प्रमुख पानमति रानाले बताउनुभएको छ ।

साे अवसरमा बर्दगाेरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुवर लगायतको उपस्थिति रहेको थियो । साे बैठकमा अपाङ्गता परिचयपत्र मागका लागि निबेदन दिएका व्यत्तिहरु स्वयम उपस्थिति भएका थिए ।

बर्दगाेरिया गाउपालिका स्तरिय अपाङ्गता समन्वय समितिमा बर्दगाेरिया गाउपालिका उपाध्यक्ष गणेश राज गिरी संयाेजक रहने गरि प्रमुख प्रशाशकिय अधिकृत अर्जुन सिह कार्कि, स्वास्थ्य शाखा प्रमुख निर्प बहादुर बिष्ट , धाैलि देवि बि.क, सागर बम, शेर बहादुर ओली, नेहा कुमारी चाैधरि र करिश्मा चाैधरि लगाएत ८ सदस्यीय समिति रहेको छ ।

साे अबसरमा हामीलाई महिला तथा बालबिकास साखा प्रमुख पानमति रानाले दिएकाे जानकारी अनुसार गाउपालिका स्तरिय अपाङ्गता समन्वय समितिले गाउपालिका लाई सिफारिस गरे अनुरुप व्यत्तिकाे अवस्था हेरेर पुर्ण अशक्त अपाङ्गता भएकोले राताे रंगको परिचयपत्र पाउँदा, अति अशक्त अपाङ्गता भएकोले निलाे रंगको परिचयपत्र पाउँदा, मध्यम अशक्त अपाङ्गता भएकोले पहेंलो रंगको परिचयपत्र पाउँदा सामान्य अपाङ्गता भएकाले सेताे रंगको परिचयपत्र पाउनेछन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार