देशभर डेंगु संक्रमितको संख्या ११ हजार नाघ्यो

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ ।

जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार