बर्दगोरिया-५ मा लामखुट्टेको लार्भा खोज र नस्ट गर्ने अभियान कार्यक्रम सम्पन्न

२८, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ कोइली भुरुवामा बर्दगोरियागाउँपालिकाको स्वास्थ शाखाको आयोजनामा आज एक कार्यक्रम बिच डेंगु लगायत किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नस्ट गर्ने अभियान कार्यक्रम सम्पन्न भएको छ ।

पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप फैलिएको छ। साउन १ गतेपछि मात्रै कैलालीको लम्कीचुहा नगरपालिकामा मात्र २५ जनामा डेंगुको संक्रमण देखिएको छ। अहिलेको समयमा डेंगुको संक्रमण देखिने गरेको फिजिसियन डाक्टर शुभेषराज कायस्थले बताए । यो रोग चार पटकसम्म लाग्छ। नागरिक आफैले सचेत हुनु राम्रो हो। यसका लक्षण देखिए स्वास्थ्य संस्थामा जान अग्रह गर्छु,’ उनले भने ।

डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन भनिएको छ । संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगुका बिरामी असारदेखि असोजसम्म फेला पर्ने चिकित्सकहरुले जनाएका छन् ।

कैलालीसँगै कञ्चनपुर र पहाडी जिल्लामा पनि यसका संक्रमित फेला पर्न थालेका छन् । तर प्रदेशका अन्य जिल्लाका संक्रमितहरुको तथ्याक प्रदेश सरकारसँग छैन । डेंगु रोगका बिरामीहरुमा कडा ज्वरो आउने, ढाड दुख्ने, आँखा रातो हुने,रिँगटा लाग्ने, शरिरमा विविरा आउने, वाकवाकि/ वान्ता हुने, बेस्सरी टाउकाे दुख्ने जस्ता लक्षण देखिने गरेको छ । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गराउँन सुझाव चिकित्सकहरुको छ ।

सुदूरपश्चिमका स्वास्थ्य संस्थामा डेंगुका लक्षण भएका विरामीहरु आउने क्रम बढेको छ । प्रदेशमा यसको संक्रमण फैलिने खतरा बढेको छ । त्यसकारण प्रदेश र स्थानीय तहहरुले यसमा विशेष ध्यान दिन आवश्यक छ । लामखुट्टेदेखि संक्रमण फैलिने हुँदा यसमा सजक रहन चिकित्सकले सुझाव दिएका हुन् । सरकारी स्तरबाटसमेत डेंगु नियन्त्रण गर्नका क्षेत्रमा काम भइरहेको दाबी सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा। जगदिस जाशीको छ ।

‘हामीले उपचार सहज तथा सचेतना फैलाउने काम गर् उनले भने, ‘यसमा आम नागरिकनै सचेत हुन आवश्यक छ ।’

यही समयमा प्रत्येक वर्ष डेंगुको संक्रमण देखिने गरेको छ । विषेशगरी घरभित्रै बस्ने लामखुट्टेको टोकाइबाट सर्ने हुँदा सरसफाइमा ध्यान दिन आवश्यक छ । घरभित्रै जम्ने पानीमा बस्ने लामखुट्टेले यो रोग सार्ने गरेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार