अविरल वर्षाका कारण कैलालीको बर्दगोरिया गाउपालिकाका विभिन्न स्थान डुबानमा (फोटोफिचर)
१, असोज २०७९ बर्दगोरिया (कैलाली) । दुई दिन देखि परिरहेको अविरल वर्षाका कारण कैलालीको बर्दगोरिया गाउपालिकाका विभिन्न स्थान डुबानमा परेका छन् । पानीका कारण बर्दगोरिया गाउपालिका वडा नम्बर ६ बिशालनगरका १ दर्जन बढी घरमा पानी पसेको छ । पानी पसेको घरहरुमा ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक महेश बिक्रम शाही र गाउपालिका उपाध्यक्ष गणेश राज गिरिले अनुगमन गरेका छन । बिगत २ दिन देखि परेको अविरल बर्षाले गाउपालिका भित्रका विभिन्न ठाउँहरु डुबानमा परेका हुन । अविरल बर्षाले मुख्यत पुर्वपश्चिम् राजमार्गको उत्तर र दक्षीण पट्टिको भाग डुबानमा परेका छन् । त्यस्तै सबै वडाहरुमा सामान्य रुपमा घर डुवानमा परेका छन् । पानीको…