ब्रेकिङ न्युज

Featured posts

आज देखि यस वर्षको मौसम क्रमशः बाहिरिँदै

आज देखि यस वर्षको मौसम क्रमशः बाहिरिँदै

काठमाडौं । आज देखि यस वर्षको मौसम क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो । ‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको यस वर्षको मनसुन आजदेखि नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ’, जारी बुलेटिनमा भनिएको छ । नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । सरदरमा अक्टोबर २ तारिखका दिन नेपालबाट बाहिरिने मनसुन, यस वर्ष औसत मितिभन्दा केही…
पुरा पढ्नुहाेस्
पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको तयारी पूरा, आइतबार उद्घाटन हुने

पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको तयारी पूरा, आइतबार उद्घाटन हुने

बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउपालिकामा असोज ३० गते देखि हुन गइरहेको बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ । सडकपुर बौनिया युवा क्लबको आयोजनामा बिगतका बर्षमा हुँदै आएको फुटबल प्रतियोगिताले यस बर्ष पनि निरन्तरता पाउने भएको हो । बिगत ४ संस्करण सफल रुपमा सम्पन्न गरेको क्लबले यस पटक पाँचौ बर्दगोरिया सेतिलोक मार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिता गर्न लागेको हो । फुटबल प्रतियोगिताको मिति नजिकिदै गरेपछि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष जीवन वि सि ले जानकारी दिए । बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को मुडा खेल मैदानमा उक्त फुटबल प्रतियोगिता हुन…
पुरा पढ्नुहाेस्
बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारणसभा सम्पन्न

बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्थाको २३ औ वार्षिक साधारणसभा सम्पन्न

बर्दगोरिया । बरदगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बर्दगोरिया २ बौनिया,कैलालीको २३ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उमाशङ्कर अवस्थीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द विक रहनुभएको थियो भने विशिस्ट अथितिमा साना किसान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पदमराज रिजाल रहनु भएको थियो । साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोविन्द विकले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताए । उनले सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताउदै सहकारीले स्थानीय स्तरमा आर्थिक उन्नति र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण सहयोग गरेको बताए । पछिल्लो समयमा…
पुरा पढ्नुहाेस्
आज विश्व हात धुने दिवस, विश्वसभर मनाइँदै

आज विश्व हात धुने दिवस, विश्वसभर मनाइँदै

काठमाडौं । आज विश्व हात धुने दिवस । रहेक वर्ष अक्टोबर १५ आजकै दिन विश्व हात धुने दिवस मनाईन्छ । ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वसभर यो दिवस मनाइँदैछ। नेपालमा भने सरकारको अग्रसरतामा ‘हात धुने बानी व्यवहार ः स्वस्थ र सभ्य जीवनको आधार’ नाराका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि विश्व हात धुने दिवस मनाउन सुरु गरिएको हो। ‘हातको स्वच्छता स्वास्थ्यको दृष्टिलेअत्यन्तै महत्त्वपूर्ण छ। हात सफा नभएका कारणले नै अनेक संक्रमण भई विश्वभर कैयौँ मानिसले जीवन गुमाउनु परेको तथ्याङ्क पाइन्छ’, उनको शुभकामना सन्देशमा उल्लेख छ’, ‘तीनै तहका सरकार, विभिन्न सामाजिक संघसंस्थाका साथै…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा गठबन्धनको चुनावी सभा, चुनावी प्रचार प्रसारमा जान नेता कार्यकर्तालाई निर्देशन

बर्दगोरियामा गठबन्धनको चुनावी सभा, चुनावी प्रचार प्रसारमा जान नेता कार्यकर्तालाई निर्देशन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) कैलालीले शुक्रबार बिजया दशमी शुभ दिपायली तथा छट पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा संयुक्त चुनावी कार्यक्रम सम्पन्न गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्बर २ (ख) ले सो कार्यक्रम गरेको हो । कार्यक्रम भर्खरै सम्पन्न भएको हिन्दु नेपालीहरुको महान चाड वडा दशै तथा आउदैन गरेको शुभ दिपावली तथा छ्ट पर्वको शुभकामना आदानप्रदान गर्नुका साथै मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यमा संयुक्त बाम लोकतान्त्रिक गठबन्धन…
पुरा पढ्नुहाेस्
अर्थमन्त्री शर्मा विश्व बैंक समूहको वार्षिक सम्मेलनमा सहभागी

अर्थमन्त्री शर्मा विश्व बैंक समूहको वार्षिक सम्मेलनमा सहभागी

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गरेका छन्। अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा आयोजित उक्त सत्रमा सदस्य राष्ट्रहरुले सामना गर्नुपरेको बहुपक्षीय विश्वव्यापी समस्याको विषयमा छलफल भएको थियो । उक्त सत्रमा सहभागीले विश्वव्यापीरुपमा सिर्जना भएको समस्याको समाधान गर्न वित्तीय सहायता प्रदान गरेर नेपालजस्ता देशका समस्या सम्बोधन गर्नुपर्ने कुरामा जोड दिएका थिए । यसैगरी अर्थमन्त्री शर्माले साइडलाइन कार्यकारी संवाद सत्रमा सहभागी भएर जलवायु उत्सर्जनको समस्यासँग जुध्न र सदस्य राष्ट्रहरुले चालेका कदमका बारेमा छलफल गरेका छन् । कार्यक्रममा…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा अन्तर्राष्ट्रिय मानव अधिकार सन्यन्त्र सम्बन्धि तीन दिने तालिमको सम्पन्न

बर्दगोरियामा अन्तर्राष्ट्रिय मानव अधिकार सन्यन्त्र सम्बन्धि तीन दिने तालिमको सम्पन्न

बर्दगोरिया कैलाली । कैलाली बर्दगोरियामा स्थानीय अगुवा महिला अभियन्ता हरुलाइ अन्तर्राष्ट्रिय मानव अधिकारका सन्यन्त्र सम्बन्धि तीन दिने तालिमको समापन गरिएको छ । दलित महिला संघ (ाभमय) कैलालीको आयोजना र ायगलमबतष्यल वगकत कयअष्भतथ (ावक) को सहयोगमा संचालन भएको उक्त तालिमको बुधबार एक कार्यक्रमका बीच तालीमको समापन गरिएको हो । “समग्र विकासको अनुरोध, जातीय तथा लैङ्गिक विभेद“ भन्ने मुल नारा सहित शुरु भएको उक्त तीन दिने तालीमको प्रशिक्षण अभिवक्ता गणेश बहादुर कडायतले गरेका हुन । तालिममा मानवअधिकार सम्बन्धि बिश्वब्यापी घोषणा पत्र, जातीय भेदभाव गर्ने अन्तर्राष्ट्रिय महासन्धि, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धि, आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकार सम्बन्धि प्रशिक्षण दिइएको थियो । कार्यक्रममा…
पुरा पढ्नुहाेस्
श्री जनजागरण युवा क्लबले गर्‍यो बर्दगोरिया-६ मा सरसफाइ

श्री जनजागरण युवा क्लबले गर्‍यो बर्दगोरिया-६ मा सरसफाइ

बर्दगोरिया (कैलाली)। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ पृथ्वीपुरमा रहेको श्री जनजागरण युवा क्लबले एक उदाहरणीय कार्य गरेको छ । पालिकाको वडा नम्बर ६ मा रहेको उक्त क्लबले आफ्नो गाउँमा रहेको चोक सारसफाइ , सडकमा भएको खाल्डा खुल्डी पटानी र नाला सरसाफाइ गरि एक उदाहरणीय कार्य गरेको छ । विभिन्न सामाजिक क्षेत्रमा अफ्नो सक्रियता देखाउदै उदाहरणीय कार्य पाइएकाे छ । जसानुसार आज मात्र क्लबले वडामा रहेको ६ मा पृथ्वीपुर बिशराम प्रतीक्षालाय देखि गुर्ही चोक सम्म सडकमा परेका खाल्डा खुल्डी मार्मत, तथा गाउँको भित्र चोक देखि लिएर राजिपुर गाउँमा जाने बाटो सम्म सरसाफाइ गरेको हो । बर्षातको समयमा नालामा पानी जमेर…
पुरा पढ्नुहाेस्
नागरिक उन्मुक्ति पार्टि छाेडेर स्वतन्त्र उम्मेदवारी दिदै थारु

नागरिक उन्मुक्ति पार्टि छाेडेर स्वतन्त्र उम्मेदवारी दिदै थारु

राजेन्द्र रावल २२, असोज २०७९ कैलाली । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तु डगाैरा थारुले आफुले पार्टी परित्याग गरेको जानकारी दिनु भएको छ । थारुका अनुसार पार्टी भित्र पछिल्लो समय माैलाउदै गएको बिकृतिका कारणले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी दिनुभएको छ । थारुले हामीलाई दिएको जानकारी अनुसार पार्टीले आफुहरुलाई पार्टी निर्माणका बेला प्रयोग गरेको र अहिले चुनावको समयमा व्यवास्था गर्न लागेकाले आफुले पार्टी छाेड्न लागेको जानकारी दिनुभएको छ । थारु यश अघि नेकपा माओवाद केन्द्रमा लामो समयदेखि राजनीति गर्दै आइरहनु भएको एक परिचित अनुहार हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नु अघि थारुले नेकपा माओवाद केन्द्रमा लामो समय राजनीति…
पुरा पढ्नुहाेस्
वर्षातका कारण भजनीका अधिकांश घर डुवानमा

वर्षातका कारण भजनीका अधिकांश घर डुवानमा

कैलाली । तीन दिन देखि लगातार परेको वर्षाका कारण कैलालीका धेरै ठाउँ डुवानमा परेका छन । बिहिवार देखि परेको उक्त वर्षातका कारण कैलालीको भजनी नगरपालिका नगरपालिकाका विभिन्न टोलहरुमा पसको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण भजनी नगरपालिका-२ पल्टापुर, मोहनपुर र तिनघरुवा टोलहरुमा करीब १२५ घरधुरीमा डुबानमा परेका छन्। त्यहाँको स्थानीय काँडा नदीको बाढी पसेर पल्टापुरका करीब ४० घरधुरी डुबानमा परेका हुन्। यस्तै भजनी नगरपालिका वडा नम्बर ७ शिबिर टोलका पनि ४० घरमा कान्द्रा नदीको बाढी पसेको छ। भने, वडा नम्बर ८ का खल्ला टोल र पाण्डे टोलका ३७ घरधुरीमा पथरिया नदीको बाढी पसेको बताइएको छ।
पुरा पढ्नुहाेस्