नागरिक उन्मुक्ति पार्टि छाेडेर स्वतन्त्र उम्मेदवारी दिदै थारु

राजेन्द्र रावल
२२, असोज २०७९ कैलाली । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तु डगाैरा थारुले आफुले पार्टी परित्याग गरेको जानकारी दिनु भएको छ । थारुका अनुसार पार्टी भित्र पछिल्लो समय माैलाउदै गएको बिकृतिका कारणले आफुले पार्टी परित्याग गर्न लागेको जानकारी दिनुभएको छ ।

थारुले हामीलाई दिएको जानकारी अनुसार पार्टीले आफुहरुलाई पार्टी निर्माणका बेला प्रयोग गरेको र अहिले चुनावको समयमा व्यवास्था गर्न लागेकाले आफुले पार्टी छाेड्न लागेको जानकारी दिनुभएको छ । थारु यश अघि नेकपा माओवाद केन्द्रमा लामो समयदेखि राजनीति गर्दै आइरहनु भएको एक परिचित अनुहार हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नु अघि थारुले नेकपा माओवाद केन्द्रमा लामो समय राजनीति गरेको अनुभव रहेको छ । २०५६ साल साउन १७ गते अखिल नेपाल किसान संघको जिल्ला सदस्य हुदै राजनीतिक यात्राको थालनी गर्नु भएको थारूले २०५८ सालबाट नेकपा माओवादी काे पार्टी सदस्य हुदै पुर्णकालिन राजनीतिमा हाेमिनु भएको हाे ।

२०५९ सालमा माओवादी पार्टीको जिल्ला कमिटी सदस्य भएका थारु त्यसपश्चात सैन्य व्यवस्थापन बिभाग , स्वास्थ्य व्यवस्थापन बिभाग हुदै २०६४ सालमा केन्द्रीय सल्लाहकार कमिटी सदस्य रहेका थारुले २०७४ काे स्थानीय तहको निर्वाचनमा लम्किचुहा नगरपालिका वडा नम्बर ८ मा वडा अध्यक्ष पदका उम्मेदवार समेत रहेका थिए ।

२०७९ साल असार २५ गते नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्दा थारु नेकपा माओवादी केन्द्रकाे प्रदेश सल्लाहकार कमिटीकाे सदस्यका रुपमा सक्रिय रहेका थिए । अहिले नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रहेका थारुले पार्टी भित्र माैलाउदै गएको गलत संस्कार र बिकृतिका बिरुद्ध आफू राजिनामा दिन बाध्य भएको बताउनु भयो ।

थारुका अनुसार पछिल्लो समय आर्थिक चलखेलले बडावा पाएकाे बताउदै पार्टी केन्द्रीय कमिटी गलत कुराकाे पक्षपाेषणमा व्यस्त रहेकाले आफू जस्तै इमान्दार हरुकाे ठाउँ नरहेको आकलन आफ्नो रहेको समेत उनले बताए । थारुका अनुसार अब आफुले कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २(२) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने समेत बताए । थारुका अनुसार आफ्नो उम्मेदवारी राेक्न धेरै प्रयास भैरहेको भए पनि आफू।अगाडि बढिसकेकाे अब कुनै पनि शत्तिले राेक्ने नसक्ने कुरामा समेत जाेड दिनु भएको छ ।

थारुलाइ त्यस क्षेत्रमा एक सम्भावना रहेको व्यत्तिका रुपमा चिन्ने गरिन्छ । थारुलाइ साे क्षेत्रमा हरेक समुदाय संग समान ब्यवहार गर्ने भएकोले हरेक समुदायको साथ रहने त्यस क्षेत्रका जानकार हरुकाे बुझाइ रहेको छ । थारुकाे राजिनामाले कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीलाई ठुलो क्षति हुने राजनीतिक जानकार हरुकाे भनाइ रहेको छ ।

थारुका अनुसार आफू निरन्तर समाज परिवर्तनका लागि लागिरहेको एक सिपाही भएका नाताले स्वतन्त्र रुपमा चुनाव लड्दा समेत जनताको बिश्वास जित्नेमा निश्चिन्त रहेको कुरा बताउनुभएको छ । थारुका अनुसार आफुले भाेलि उम्मेदवारी दर्ताका लागि आवश्यक प्रक्रिया अगाडि बडाएकाे समेत जानकारी दिनु भएको छ । थारु हाल लम्किचुहा नगरपालिका वडा नम्बर ८ काे स्थायि बासिन्दा हुनुहुन्छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार